कृषक समूहलाई ट्याक्टर वितरण

0
477

पाल्पा / कृषि कार्यक्रम अन्तर्गत माथागढीका कृषकलाई हाते ट््याक्टर वितरण गरिएको छ । गाउँपालिकाले गाउँपालिका भित्र रहेका २९ वटा कृषक समूहलाई ट््याक्टर वितरण गरेको हो ।

गाउँपालिकाको ५० प्रतिशत अनुदानमा कृषकलाई हाते ट््याक्टर वितरण गरिएको गाउँपालिकाका प्रवक्ता मधु पराजुलीले जनकारी दिए । ट््याक्टर वितरण गर्दै गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले कृषि उत्पादनमा वृद्धि गर्नका लागि कृषकलाई छिटो छरितो र सहज हुने भएकाले हाते ट््याक्टर वितरण गरिएको बताए ।

उनले भने ‘गाउँपालिका भित्र रहेका कृषकहरुलाई व्यवसायिक कृषिमा लाग्न प्रेरित गर्नका लागि कृषि सामाग्रीले टेवा पुग्नेछ ।’गाउँपालिकाकी उपाध्यक्ष निर्मला भट्टाईले परम्परागत कृषि छाडेर व्यवसाहिक कृषिमा लाग्न कृषकलाई आग्रह गरिन ।

उनले व्यवसायिक र वैज्ञानिक तरिकाले कृषि गर्न सके आत्मनिर्भर बन्न सक्ने बताईन । गाउँपालिकाका प्रमूख प्रशासकिय अधिकृत दिपक कुमार नेपालीले गाउँपालिकालाई कृषि पकेटका रुपमा विकास गर्न लागीरहेको हुदा, कृषकहरु व्यवसायिक ढंगले लाग्नु पर्नेमा जोड दिए ।

ट्याक्टर लिदैँ कृषकले गाउँपालिकाले आफुहरुका लागि आवश्यक कृषि सामाग्रीहरु उपलब्ध गराउर्दै आएकाले त्यसको सदुपयोग गर्ने प्रतिवद्धता जनाए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here