मनसुनी वर्षा हुन्छ, आत्तिनु पर्दैन ः मौसमविद्

0
299

 काठमाडौँ, असार १६ गते/  असार १५ गते राष्ट्रिय धान दिवस किसानले धान रोप्ने मुख्य दिन पानी नपरेर किसान चिन्तित भए पनि मौसमविद्ले भने यो वर्ष पनि अपेक्षित रूपमै वर्षा हुने बताएका छन् । ‘प्रि–मन्सुन’को अन्त्यतिर निकै वर्षा भएकाले रोपाईँ भएका केही खेतमा खडेरीले रोपो मर्ने हो कि भन्ने चिन्ता किसानमा छ । तर मौसमविद्ले भने अब दुई तीन दिन भित्रै मनसुनी वर्षा सक्रिय हुने सम्भावना रहेको जानकारी दिएका छन् ।
मौसम पूर्वानुमान महाशाखका मौसमविद् मीनकुमार अर्यालका अनुसार वर्षा मौसममा नेपालमा पानी पार्न महत्वपूर्ण मानिएका न्यून चापीय प्रणाली हाल सक्रिय हुने क्रममा रहेको र यसले गर्दा दुई तीन दिन भित्र मौसम सक्रिय हुन सक्छ र पानी पर्न थाल्छ ।
मौसमको अबस्थाबारे जानकारी दिँदै अर्यालले भन्नुभयो “न्यून चापिए प्रणाली भारतको ‘वे अफ ट्रिपेल्ट’ अर्थात भारतको उत्तरी भेगमा नर्मल अवस्थामा नै रहेको र त्यो एक दुई दिनभित्र नेपालतर्फ आउने सङ्केत देखिएकाले केही दिनमा नै वर्षा सक्रिय हुन सक्छ । ”
असार १५ गते भई सक्दा पनि मनसुनी वर्षा खासै सक्रिय नभइरहेका बेला कतै यो वर्ष असार साउनमा कम पानी पर्ने त होइन भन्ने शङ्का गरिएको विषयमा उहाँले भन्नुभयो, “ प्रिमन्सुनको अन्त्यतिर केही बढी पानी परे पनि यो वर्ष औसत वा सो भन्दा बढी नै वर्षा हुने अनुमान साउथ एसियन आउटलुक फोरकास्टिङले यस अघि नै गरेको छ त्यसैले अहिले नै अत्तिनु पर्ने अवस्था छैन ।”
अर्यालले अगाडि भन्नुभयो, “सामान्यतया जुन महिनामा औसत वर्षा नै हुने हो र जुलाई र अगस्ट महिनासक्रिय वर्षा हुने महिना हुन त्यसैले अब जुलाई सुरू लाग्यो वर्षा हुन्छ । ” सो महाशाखाले शुक्रबार एक विज्ञप्ति जारी गरी तीन दिन भित्र देशका पूर्व र पश्चिमका धेरै जसो स्थानमा हल्का अनि मध्यम र एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ ।
त्यस्तै नेपालको मध्य र आसपासका केही स्थानहरूमा भने हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको जनाएको छ । मौसमविद् अर्यालले केही दिन अघि मौसम विज्ञान विभाग र त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम विज्ञान केन्द्रीय विभागको संयुक्त सहकार्यमा कीर्तिपुरबाट मौसमी बेलनु उडाएर त्यसबाट पनि मौसमी गतिविधिको पूर्वानुमान गर्न आवश्यक सूचनाहरू लिने गरिएको जानकारी दिनुभयो । उक्त बेलुन नियमित रूपमा विहान ०५ः३० बजे कीर्तिपुरबाट उडाउने गरिएको छ ।
हाइड्रोजन ग्यास भरिएका यस्ता बेलुन माथि बढ्दै जादाँ न्युन हावाको चापका कारण फुक्दै जाने र एउटा उचाईमा पुगेपछि फुट्ने गर्दछन् । बेलनुमा जडित सेन्सरले नियमित रूपमा मौसमी तथ्याङ्ग पठाउने गर्दछ । बेलुन झर्दा त्यसमा झुण्ड्याइएको प्यारासुटको माध्यमबाट विस्तारै झर्ने हुँदा यसबाट जोखिम अत्यन्त कम हुन्छ ।
यस्ता बेलुनहरू माथिल्लो वायुमण्डलको मौसमी सूचना मौसम पूर्वानुमानका लागि उपयोगी हुने र पूर्वानुमान अझ भरपर्दाे हुने विश्वास विभागले लिएको छ । यस्ता उपकरणहरू जमिनमा खसेको पाइएमा मौसम पूर्वानुमान शाखालाई जानकारी गराउन पनि आग्रह गरिएको छ ।
त्यस्तै नेपालले चिनियाँ भूउपग्रहले पठाएका तस्बिर तथा जापानी भूउपग्रहक तस्बिरहरूको समेत उपयोग गरी मौसमको पूर्वानुमान गर्ने गरिएको छ । गोपराम हुमागाईं

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here