पाठेघरमा मासु पलाएको कसरी थाहा पाउने ?

0
1264

महिनावारी हुँदा यस कारण पेट दुख्छ–डा. गिरिधारी शर्मा

हरेक वर्ष अंग्रेजी महिनाको ‘मे’ महिनालाई संसारभरि नै ‘स्वस्थ महिनावारी’ अधिकारको महिनाका रुपमा मनाइँदै आएको छ । संसारभरिका महिलाको महिनावारी चक्र साधारणतया २८ दिनको हुने भएकोले २८ तारिखलाई अन्तर्राष्ट्रिय महिनावारी दिवसको रुपमा मनाउन सुरु गरिएको हो । नेपालमा भने महिनावारी दिवस सन् २०१४ देखि विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो । महिनावारी महिलामा हुने नियमित र सामान्य प्रक्रिया हो । यद्यपि महिनावारीका दौरान महिलाले ख्याल राख्नुपर्ने धेरै कुराहरु हुन्छन् ।

 पहिलो महिनावारी कहिले सुरु हुन्छ ?

धेरैजसो युवतीको ११ देखि १३ वर्षको उमेरमा पहिलो मासिकश्राव हुन्छ । यद्यपि, कसैको भने ८ वर्षको उमेरमै र कसैको १६ वर्षपछि पनि मासिकश्राव सुरु हुन सक्छ ।

डा. गिरिधारी शर्मा

महिनावारी हुँदा किन पेट दुख्छ ?

महिनावारीको सुरुको अवस्थालाई मेनार्की भनिन्छ । हाम्रो हर्माेनल पार्ट हुन्छ एउटा, इस्टोजिन र एपोजिस्टो भन्ने दुईवटा हर्माेन हुन्छ । मेनार्की भइसकेपछिको ४÷५ वर्ष, १५÷१६ वर्ष हुने बेलासम्म बच्चामा इस्टोजिन भन्ने हर्माेन निस्कन्छ र इस्टोजिन भन्ने हर्माेनको लेभल कम्पेरिटिभ्ली कम हुन्छ, त्यसलाई भनिन्छ प्रोजेस्टोन हर्माेन । त्यसमा इस्टोजिन हर्माेन राम्रैसँग निस्कन्छ र त्यसको काउण्टर पार्ट भनेको प्रोजेस्टोन हर्माेन मात्र कम्पेरिटिभ्ली कम हुन्छ मात्र १६÷१७ वर्षसम्मको लागि, त्योवेलामा हर्माेन निस्कन्छ अनि प्रोजेस्टोन हर्माेनको ब्यालेन्स र इस्टोजिन हर्माेनको इन ब्यालेन्स भैसकेपछि महिनावारी महिनेपिच्छे नहुने, महिनावारीको चक्र भनेको नर्मल चक्र २८ दिनको हुन्छ, कहिलेकाँही किशोरीलाइ के हुन्छ भनेदेखि प्रोजेस्टोन हर्माेनको कमीले महिनावारी कहिले २ महिनामा, कहिले ३ महिनामा हुने हुन्छ ।

महिनावारी हुने बेलामा अर्काे एउटा केमिकल जस्तो पदार्थ निस्कन्छ के त्यहाँबाट, त्यसलाई पोस्चग्ल्यानिङ्ग भनिन्छ । पोस्चग्ल्यानिङ्ग भयो भने महिनावारी हुँदाखेरी एकदम पेट दुख्छ । त्यसले अलिकति पीडालाई बढाइदिन्छ ।

पाठेघरमा मासु पलाएको कसरी थाहा पाउने ?

पठेघरमा मासु पलाएको केही लक्षण देखिन्छ जसले गर्दा पाठेघरमा मासु पलाएको छ भन्ने थाहा हुन्छ । पाठेघरमा मासु पलायो भने लियोमायोमा भन्ने हुन्छ । यो भनेको पाठेघरको मसल लियर अथवा पाठेघरमा हुने क्यान्सर रहितको टुमरलाई फ्याब्रा ग्युटलस भन्छौँ अथवा लियोमायोमा भन्छौँ । यसमा कस्तो हुन्छ भनेदेखि एक साइडमा हेर्ने हो भने ३० देखि ४५ वर्ष उमेर समूहको महिलालाई हुन्छ यो, ३० भन्दा अगाडिको उमेरलाई पनि हुन्छ यो नहुने भन्ने होइन । त्यस्तै ४५ वर्ष उमेरपछिलाई पनि हुन सक्छ । यदि मासु पलाएको छ भने नर्मल्ली महिनावारीको चक्र ३ देखि ५ दिनको हुनुपर्छ । महिनावारीको समयमा नर्मल्ली ८० एमएल रगत बगेको हुनुपर्छ । महिनावारी हुँदा रगत जमेको हुनुहुँदैन । कसैकसैको महिनावारी महिनामा दुई पटक भयो भने÷जस्तो अहिले भयो फेरि २ हप्तापछि भयो भने तर रक्तश्राव एकदमै धेरै हुन्छ । उक्त महिलाले विस्तारै पाठेघर बढेको महसुस पनि गर्न सक्छन् । अब पाठेघरमा मासु पलायो भने साइज बढ्नुपर्यो । सबै चेकअप गरेर उपचार गर्छाै र अन्तिम भनेको डाइनोसिस, अल्ट्रसाउण्ड, एमआरआई गर्न सकिन्छ ।

उपचार कसरी हुन्छ ? के कति कारणले पीडा भएको छ ?

त्यसको डाइनोसिस गर्नुपर्यो । डाइनोसिस गर्नको लागि पहिला हामीले भिडियो एक्सरे, अल्ट्रासाउण्ड गर्नुपर्ने हुन्छ । अल्ट्रासाउण्ड गर्दा पनि केही पनि देखिएन भने र अरु एडभान्स खालको पद्धति अपनाएर डाइनोसिस गर्नुपर्यो भनेदेखि एमआरआई गर्नुपर्ने हुन्छ । त्यसपछि अर्काे स्पेसल केस के छ भने स्टेसकोप भनिन्छ, स्टेसकोप भनेको पाठेघर भित्रैपट्टि दुर्बिन लगाएर हेरेर पाठेघरभित्र मासु पलाएको छ कि ? पाठेघरको भित्र कुनै सिस्टम, लियर्स पार्टिसन भएको छ कि ? त्यसतो हेर्नको लागि स्टेसकोपी डाइगोनोस्टिक भनिन्छ । अनि ल्यापसकोपीबाट पनि हेर्न सकिन्छ ।

महिनावारी नहुँदा रगत किन देखिन्छ ?

कहिलेकाँही कस्तो हुन्छ भने महिनावारी भएको दुई हप्तामा वा महिनावारी सुरु हुँदा एउटा हर्माेन निस्किन्छ त्यसलाई इस्टोजिन भनिन्छ । यो हर्माेनको लेभल १४ दिनसम्म कायम रहिरहन्छ । हर्माेनको काम भनेको अण्डाको साइज वृद्धि गर्नु हो । जब १४ दिन जति भयो इस्टोजिन हर्माेनको लेबल विस्तारै कम हुँदै जान्छ र लिपिजिन हर्माेन निस्कने बेला आउँछ त्यसलाई एनेस सर्ज भनिन्छ । एनेस सर्ज भइसकेपछि ओबुलेसन भन्ने हुन्छ । ओबुलसेन भनेको फोलिकलबाट अण्डा फुटेर निस्कन्छ बाहिर, त्यो बेलामा इन्डिमेट्री लियरमा अलिकति फिजिकल चेन्ज हुने बेलामा रगत बग्ने हो धेरै रगत जाने होइन अलिअलि रगत देखिने हुन्छ । पीडा पनि हुन्छ, रगत देखिने पनि हुन्छ । त्यसपछि अर्को हर्मोन लिट्ररेरी हर्मोन निस्किसकेपछि लिटिल लेयर भन्ने हुन्छ त्यसबाट प्रोजेस्टोन हर्मोन निस्किन्छ । अर्को सिकरेट फिल भनिन्छ । सिकरेट फिल २४÷२५ दिनसम्म रहिरहन्छ र त्यसपछि त्यसको लेबल कम—कम हुँदै जान्छ । इस्टोजिन र प्रोजेस्टोनको लेवल कम भइसकेपछि पाठेघर भित्रपट्टिको भाग बाक्लो हुन्छ । त्यसले इस्टोजिन र प्रोजेस्टोनलाई मेनटेन गरिरहेको हुन्छ । त्यसको लेवल एक्कासी घट्यो भने इन्डिमेट्री लियरको बाक्लो भाग निस्केर बाहिर बगेर जान्छ । जुन बगेर गएको रगत देखिन्छ त्यसलाई महिनावारी भनेर भनिन्छ ।

महिलामा सेतो पानी बग्ने समस्या किन हुन्छ ?

महिलाको नर्मल महिनावारी हुने बेलामा, पोस्चग्ल्यानिङ्ग लेबल हाई हुनेवेलामा त्यहाँबाट सर्भिस हुने पाठेघरको खण्डोस, बडी र सर्भिस भन्छौँ हामी । यो तीन कुरामा क्याटोगोरी गरेको हुन्छ । अनि सरभाइबल पार्टमा इन्फेक्सन भयो भने त्यस्तोवेलामा सेतो पानी बग्छ । थर्ड इसोलिङ सेतो पानी बग्छ, ननइसोलिङ सेतो पानी बग्छ । इसोलिङ भनेको गन्ध नआउने र सामान्य धेरै बग्दैन भने त्यो नर्मल नै भयो । यो फिजियोलोजिक डिसअर्डर हुन्छ । तर एकदमै धेरै पानी बग्यो जस्तो दही जस्तो पदार्थ तलबाट निस्कियो, फिज जस्तो पदार्थ देखियो र गन्ध आउने भयो, यौनसम्पर्क गर्दा रगत देखियो भने सरभाइकल पार्ट भनेको सर्भिस साइन्स भनिन्छ त्यस्तोवेलामा क्यान्सर त होइन ? भन्ने मनमा आउन सक्छ त्यसको लागि सिम्पल टेस्ट भिआइए गराइन्छ । अर्को प्याकिसिएर छ त्यो टेस्ट गर्न सकिन्छ । अनि वि क्यान्सरस, बी क्यान्सरस भनेको क्यान्सर नलाग्दै क्यान्सर लाग्न सक्ने सम्भावनालाई पहिचान गर्नको लागि विभिन्न किसिमको डाइगोनोस्टिक टुल्सहरु बनाइदिएको छ । त्यो टेस्ट गर्यो भने क्यान्सर लाग्नबाट बचाउन सकिन्छ । अनि क्यान्सर सुरुवात हुनेवेला पत्ता लगाउन सकियो भने क्यान्सरबाट बच्न सकिन्छ । अनि अर्को योनीमार्गमा सिम्पल सुजनहरु इन्फेक्सन भयो भनेदेखि पनि सेतो पानी बग्ने, चिलाउने हुन सक्छ ।

उपचार के हुन सक्छ ?

इन्फेक्सन हुने कारणमा तीन वटा किटाणुले आक्रमण गरेको हुन सक्छ । एउटा ग्राउन नेकेटिभ गोनोफोकस भन्ने हुन्छ, एउटा एन्ड्रोपेक्टिया भन्ने हुन्छ, अर्को क्लाइम्याडिया भन्ने हुन्छ । यो तीन वटा इन्फेक्सन इज कमन इन्फेक्सन । यो तीन वटा इन्फेक्सन निको पार्न तीनवटै प्रकारको औषधि दिएर निको पर्छौँ ।

साभार समाचार दैनिकबाट डा. गिरिधारी शर्मासँगको कुराकानी

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here