करोडौ अबैध कारोवारी ८ जना व्यवसायी पक्राउ

0
333

दमक/ प्रदेश नं. १ को क्षेत्रीय अनुसन्धान टोली (आरआईटी) सँगको सहकार्यमा सीआईबीले चलाएको अप्रेशनको क्रममा ८ जना व्यवसायी पक्राउ परेका छन् । वित्तिय कानुन विपरित कार्य गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सुनसरीको इटहरीस्थित ओपन इन्भेष्टमेन्ट प्रा.लि.का ४० वर्षीय भीमप्रसाद चौधरी, ५० वर्षीय श्याम पेशकार थारु, हलेसी इन्भेष्टमेन्ट प्रा.लि., धरानका ३१ वर्षीय चन्द्रबहादुर विक, २९ वर्षीय अनिता विक, चौतारी इन्भेष्टमेन्ट प्रा.लि., बिराटनगरका २७ वर्षीय राजु शाह, मन्सुन इन्भेष्टमेन्ट प्रा.लि., इटहरीका ३४ वर्षीय सुनिल गुरागाईं, छिन्ताङ इन्भेष्टमेन्ट प्रा.लि, इटहरीका २८ वर्षीय डिल्लीप्रसाद आचार्य र ३५ वर्षीय प्रकाश आचार्य छन् ।

प्रहरीका अनुसार ओपन इन्भेष्टमेन्टबाट दुई करोड ३९ लाख, हलेसीबाट ६ करोड ९९ सय लाख, चौतारीबाट ८ लाख ६१ हजार र मन्सुन इन्भेष्टमेन्टबाट ५० लाख रुपैयाँ अवैध रुपमा रकम सङ्कलन भएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here