एकता प्रक्रिया टुंगोमा नपुगी सरकारमा जाँदैनौः गजुरेल

0
468

दमक/ नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य, पूर्व कृषि मन्त्री हरिवोल गजुरेल ( सित्तलकुमार)ले एकता प्रक्रिया टुंगोमा नपुगी सरकारमा नजाने बताएका छन् । उनले
एमालेका हठका कारण पार्टी एकताको प्रक्रिया अन्योल हुँदै गएको बतााए ।
आइतबार ओलीको गृह नगर झापाको दमकमा जिल्ला स्तरीय कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता गजुरेलले एमालेले जनताको अभिमतलाई तिरस्कार गरेर दम्भ देखाए सरकारमा जानुको तुक नरहेको बताएका छन् ।
उनले भने–‘जनताले पार्टी एकताको नारालाई आधार मानेर भोट दिएका हुन्, यदि एकता हुन नसके एमालेसँग बसेर सरकार बनाउनुको कुनै अर्थ छैन । अन्तिम चरणमा आएर विदेशी शक्तिहरुको चालमा एकता भाँडिदैछ, हामीलाई लतारेर एकता हुँदैन, ।’ उनले भने –आत्मसमरपण गरेर हामी एकतामा जाँदैनौं, सम्मानजनक एकतामात्र स्वीकार्य हुन्छ ।

हिजो चुनावमा जाँदा एकताको विषय वीन वीनको नारामा थियो, एउटा पक्षको नेताले सरकारको नेतृत्व गर्ने र अर्को पक्षको नेताले पार्टीको नेतृत्व गर्ने सहमति भएपनि अहिले एमालेले दुवै नेतृत्व छोड्न नसक्ने भएपछि एकताको विन्दु टाढा हुँदै गएको हो उनले भने । कार्यक्रममा कार्यकताले पार्टी एकता नभए सरकारमा बस्नु भन्दा प्रतिपक्षको भूमिकामा बस्न सुझाव दिएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here