कब्जियत भए के गर्ने ?

11

कब्ज्यित पाचन तन्त्रसँग जोडिएको एक आम समस्या हो, जो जुनसुकै उमेर समूहको व्यक्तिलाई प्रभावित गर्न सक्छ । यसबाट पिडित व्यक्तिले दैनिक तालिकामा केही सुधार गर्न र केही घरेलु उपाय अपनाएर यसबाट छुटकारा पाउन सक्छ ।

कब्ज्यित हुने धेरै कारण हुनसक्छन्, जस्तै, अनियमित भोजन, बासी भोजन गर्नु, शारीरिक श्रम कम गर्नु, मानसिक तनाव वा बढी चिल्लो भएको खाना खानु र कमजोर आन्द्रा हुँदा । तर, यी सबैबाट बच्न पनि सकिन्छ ।

जान्नुहोस् ।

स्याउ – यदि खाली पेट खाएमा शरीरको टोंसिङ(फोहोर) सजिलै बाहिर निक्लिएर जान्छ र शक्ति पनि बढी मिल्छ ।

अदुवा – अदुवालाई औषधीय गुणका लागि जानिन्छ । यसमा विभिन्न भिटामिनका साथै आयरन, क्याल्सियम, आयोडिन, क्लोरिनजस्ता धेरै पोषक तत्व हुन्छन् । अदुवाले पाचन तन्त्रका साथै पेट बाउडिने र अपचको समस्या पनि ठिक गर्छ ।

कागती – यदि कसैलाई कब्ज्यितको समस्या छ भने रातको समयमा एउटा कागतीलाई निचोरेर एक गिलास पानीमा मिसाउने र दुई चम्चा सख्खर हालेर पिउनुपर्छ । यसो गर्नाले विस्तारै–विस्तारै ठिक हुँदैजान्छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्