फूड फेस्टिवल भनेकै बाटामा रमाउने चाड हो ः राजन दंगाल

10

झापाको दमक २ निवासी, होटल ब्यवसायी राजन दंगालले उच्च शिक्षा हासिल गरेका छन्, २०४६ सालमा दरवार हाई स्कूलबाट एसएलसी गरेर काठमाण्डौंको आर आर क्याम्पसबाट इन्टर गरेका उनी २०५३ देखि नै ब्यवसायमा छिरेका हुन् । अटो मोटर पार्टस, वर्कसपबाट ब्यवसाय शुरु गरेपनि उनको चाहना होटल र रेष्टुरा नै हो । उनले बुवाको प्रेरणाबाट होटल ब्यवसाय रोजेका हुन्, अहिले उनको मातहातमा दमकमा विन्दवासिनी, कन्चनजंगा र पाथिभरा गरि ३ वटा होटल सञ्चालनमा रहेका छन् । भने माइ पश्चिमका ६ सय बढी होटल ब्यवसायीको नेतृत्व उनले गरिरहेका छन् । होटल बाहेक दमक उद्योग बाणिज्य संघको सदस्य, ॐ सताक्षि सहकारी अध्यक्ष, लायन्स क्लव अव विग बुद्ध भ्वाइस प्रेसिडेन्ट, लगायतका जिम्मेवारी उनले बहन गर्दै आएका छन् ।
दमकमा थानीय होटल व्यवसायी संघले फागुन ३ गतदेखि ५ गते सम्म फूडफेस्टिवल गर्न लागेको छ, दमकको मुख्य चौकमा गर्न लागेको फेस्टिवल चौथो फेस्टिवल हो । संघले २०७१ सालदेखि बर्सेनी फूडफेस्टिबल गर्दै आएको छ ।
प्रश्तुत छ, होटल ब्यवसायी संघ झापा क्षेत्रीय समितिको आयोजनामा झापाको दमकमा हुन लागेको यो फेस्टिवलको तयारीको विषयमा होटल ब्यवसायी संघ माई पश्चिमका अध्यक्ष राजन दंगालसँग प्रदेश आवाजकालागि गरिएको कुराकानी ः

होटल ब्यवसायीको हितका साथै दमकलाई आन्तरिक र वाहिरी पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न यसले सहयोग पुग्नेछ । यो तीनदिन सम्म चल्ने फेस्टिवलमा एकलाख पर्यटक भित्रियाउने योजना रहेको छ । यसले समग्र दमकको औधोगिक विकासमा टेवा पुग्ने हो ।
नयाँ पर्यटक कोही आइपुगको भएपनि पछि सम्म उसलाई दमक सम्झिने वित्तिकै ओ हो दमकको रमाइलो भनेर झलझली आँखामा आओस् भन्ने हाम्रो चाहना हो ।

महोत्सव सकिए लगतै फेस्टिवलको आयोजना किन ?
यो प्रश्न सवैको चासोको विषय बनेको छ, महोत्सव सकिए लगत्तै फेरि दमकमा फूडफेस्टिवल हुने भन्दा चासो हुनु स्वभाविक पनि हो । तर दमक महोत्सवको छुट्टै महत्व थियो । फूड फेस्टिवलको छुट्टै महत्व छ, यसले होटल ब्यवसायीको हितका साथै दमकलाई आन्तरिक र वाहिरी पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न यसले सहयोग पुग्नेछ । यो तीनदिन सम्म चल्ने फेस्टिवलमा एकलाख पर्यटक भित्रियाउने योजना रहेको छ । यसले समग्र दमकको औधोगिक विकासमा टेवा पुग्ने हो ।

दमक पूड फेस्टिवलको तयारी सकियो ?
दमक फूडफेस्टिवल गर्ने तयारी योजनागत रुपले पूरा भएका छ । विभिन्न उपसमितिहरु बनाएका छौ, सवैले कामको जिम्मेवारी लिएर काम शुरु गरिसकेका छन् । विभिन्न प्रायोजकहरुसँग कुराकानी भइरहेको छ । सांगितिक कार्यक्रमको लागि तयारी, अतिथि सत्कार, ब्यवस्थापन, सुरक्षा लगायतका विषयमा योजना बनाइरहेका छौं ।

फेस्टिवलमा नयाँपन के छ ?
दमकको मुख्य चोक सडकमा नै फुड फेस्टिवल हुने निश्चित बनेको हो । फागुण ३ गतेदेखि ५ गतेसम्म ३ दिनसम्म फेस्टिवल हुनेछ । यसमा खाद्य परिकारसँंग सम्बन्धित फूड फेस्टिबलमा विभिन्न जातीय संस्कृतिका ४६ वटा स्टलहरु रहनेछन् ।
संघले स्थानीय जातीय संस्कृतिमूलक खानपानको परिकारको संरक्षण गरि आन्तरिक पर्यटन,प्रवद्र्धनमा जोड दिन फेस्टिबलको आयोजना गरिएको भएकाले स्थानीय जातीय परिकार नै मुख्य खाना हुनेछ, सवैले जाति अनुसारका परिकारहरु बनाउने योजना छ । धिमाल, नेवार, राई, लिम्बू, मारवाडी, राजवंशी, लगायत जातीय परिकार नै नयाँपन हुनेछ ।

विगत बर्षमा भएको फेस्टिवलबाट भएको नाफाले के गर्नु भयो ?
होटल ब्यवसायको प्रवद्र्धन, दमकको चिनारी र संघको कोष निर्माणका लागि फेस्टिवल गर्न लागिएको हो । ४ बर्ष अघिदेखि शुरु गरिएको फेस्टिवल घाटामा नै गएपनि प्रत्येक बर्ष गरिदै आएको र यो पटक भने नाफामा लाने योजनामा छौ । 

बाटामा फेस्टिवल हुँदा अरुलाई असर पर्दैन ? 
हाम्रो उदेश्य अरुलाई असर गर्ने होइन, अरुलाई सेवा दिने हो, यात्रु, पर्यटक स्थानीय सवैलाई हिड्दा हिड्दै मनोरञ्जन र रमाइलो दिनुका साथै परिकारको स्वाद चखाउनु हो । नयाँ पर्यटक कोही आइपुगको भएपनि पछि सम्म उसलाई दमक सम्झिने वित्तिकै ओ हो दमकको रमाइलो भनेर झलझली आँखामा आओस् भन्ने हाम्रो चाहना हो, अर्को कुरा खुल्ला चौरीमा त फूड फेस्टिवल हुँदैन, फूड फेस्टिवल भनेकै बाटामा लगाइने हो । त्यसैले हामीले नारा नै ‘सडकमै पकाऔं, सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने राखेका छौं ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्