पानी कति पिउने, कसरी पिउने र कहिले पिउने ? 

19

झापा / पानी पिउनु स्वास्थ्यका लागि लाभदायक मात्र होइन, बाँच्नकै लागि पनि अत्यावश्यक हुन्छ । तर त्यहीँ जीवनदायिनी पानी आवश्यकताभन्दा बढी पिइयो भने त्यसले स्वास्थ्यमा ठूलो नकारात्मक असर पार्ने रहेछ भन्ने एक अध्ययनले देखाएको छ ।

शोधकर्ताहरुका अनुसार शरीरलाई आवश्यक पर्नेभन्दा बढी पानी पिउनाले शरीरमा जल विशाक्तता अर्थात वाटर इनटोक्सिकेसनको समस्या पैदा हुने खतरा रहन्छ ।

अस्ट्रेलियाको भिक्टोरियास्थित मोनास विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अनुसन्धान अनुसार बढी पानीको सेवनले मानव शरीरमा तरल पदार्थको नियन्त्रण गर्ने प्रणालीले काम गर्न छाड्दछ ।

शोधकर्ताहरुका अनुसार शरीरमा पानीको अधिकताले वाटर इनटोक्सिकेसन अर्थात हाइपोनेट्रेमिया हुनसक्छ । यो अवस्थामा रगतमा सोडियमको मात्रा कम हुनजान्छ । यसो भयो भने मानिसमा अत्यधिक थकावट तथा बेहोस हुने साथै मानिस गम्भीररुपमा अचेत भएर कोमामा पुग्ने जोखिम हुन्छ ।

धेरै पानी पिउनाले मस्तिष्कले स्वालोइंग इनहिबिसनलाई सक्रिय बनाउँछ । मोनास विश्वविद्यालयका सहायक प्राध्यापक माइकल फेरेल भन्छन्ः यदि हामी शरीरलाई उसको माग अनुरुप नै आवश्यक पदार्थहरु उपलब्ध गरायौँ भने सबै ठीक हुन्छ । त्यसैले तिर्खा भन्दा बढी पानी नपिउनुहोस् ।

यो शोध प्रोसिडिंग्स अफ द नेसनल एकेडेमी अफ साइन्स जर्नलमा छापिएको छ । तर कुन उमेरको मानिसले दिनमा कति पटक कति मात्रामा पानी पिउनु पर्छ भन्ने चाहिँ खुलाइएको पाइएन ।

पानी कति पिउने, कसरी पिउने र कहिले पिउने ? 

पानी कति पिउने, कसरी पिउने र कहिले पिउने ? यसबारे मानिसमा ठूलो अन्योल छ । धेरै मानिसले धेरै तरिकाले यसबारे बताउन सक्छन् । तर, पानीको मात्रा र समयबारे भने आयुर्वेदको आफ्नै नियम छ । आयुर्वेदका अनुसार सही समय र मात्रामा पिइयो भने पानीले औषधिको समेत काम गर्छ । तर, गलत तरिका र समयमा पानी पिउनाले शरीरमै हानि पु¥याउँछ । यसबारे आयुर्वेदिक डा. अबरार मुल्तानी यसरी बताउँछन् :

-बिहान उठ्नेबित्तिकै पानी पिउनु स्वास्थ्यका लागि उत्तम मानिन्छ ।

फाइदा : यसरी पानी पिउनाले यसले शरीरमा डिटाक्स बनाउँछ र मिर्गौलालाई स्वस्थ राख्ने काम गर्छ ।

– धेरै मानिसको शारीरिक व्यायाम गरेपछि पानी पिउने बानी हुन्छ । तर, स्वास्थ्यका लागि भने व्यायाम गर्नुभन्दा १० मिनेटअगाडि पिउनु राम्रो मानिन्छ ।

फाइदा : यसले शरीरको शक्तिलाई कमजोर हुन दिँदैन ।

– व्यायामपछि पिउने बानी भने पनि तत्काल पिउनु हुँदैन । शारीरिक व्यायाम गरेको २० मिनेटपछि पानी पिउने बानी गर्नुपर्दछ ।

फाइदा : यसो गर्दा शरीरलाई हाइड्रेट बनाइराख्छ ।

– हामी चिया, कफी अत्यधिक मात्रामा सेवन गर्ने गर्दछौँ । तर, चिया वा कफी पिउनुअघि पानी पिउनु बढी हितकर हुन्छ ।

फाइदा : यस्तो बानीले शरीरमा एसिडिटीको समस्या हुन दिँदैन ।

– धेरैलाई यसबारे थाहा नहुन सक्छ कि नुहाउनुअघि पनि पानी पिउन आवश्यक छ ।

फाइदा : यसरी पिउने पानीले शरीरको रक्तचापलाई सन्तुलनमा राख्ने काम गर्दछ ।

– धेरै नेपाली खानसँगै पानी पिउने गर्दछन् । तर, स्वास्थ्यका लागि भने यो त्यति धेरै स्वस्थकर मानिँदैन । खाना खानुभन्दा ३० मिनेटपछि मात्र पानी पिउनुपर्दछ ।

फाइदा : यसो गर्दा पाचन प्रणाली चुस्त हुन्छ ।

– अपराह्नको खाजा खानुभन्दा पहिले पनि पानी पिउनु उपयुक्त हुन्छ ।

फाइदा : यसरी पिएको पानीले खाजालाई हेभी बनाउन दिँदैन । र, पाचन प्रणालीमा समेत सुधार हुन्छ ।

– हामी आफूलाई थकान वा टेन्सन महसुस भएका वेला छटपटाइरहेका हुन्छौँ । के गर्ने थाहा हुँदैन । यतिवेला पिएको एक गिलास पानीले ठूलो काम गर्दछ ।

फाइदा : यतिवेला पिएको पानीले मस्तिष्कमा रिल्याक्स गराउने काम गर्छ ।

– रातको समय सुत्नुअघि पिएको पानीले पनि स्वास्थ्यका लागि ठूलो अर्थ राख्छ ।

फाइदा : यतिवेला पिएको पानीले स्ट्रोक र हर्टअट्याक हुनबाट बचाउने काम गर्छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्