विहानी कला केन्द्रको बार्षिकोत्सव

19

दमक/श्रीपञ्चमीको अवसर पारेर विहानी कला केन्द्रले सोमबार आफनो २१ औ बार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाएको छ । दमक–८ स्थित दमक पार्टी प्यालेसमा एक कार्यक्रम गरि सम्मानसहित सांगीतिक कार्यक्रम गरिएको केन्द्रकी प्रशिक्षक कमला खनालले बताईन् ।
बरिष्ठ गायक एलपी जोशीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा पत्रकारिताका क्षेत्रमा योगदान पु¥याँएवापत गोपाल झापालीलाई सम्मान गर्नुका साथै केन्द्रमा अध्ययनरत संगीतका विद्यार्थीहरुले गीतहरु प्रस्तुत गरेका थिए । झापालीलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरिएको थियो ।
त्यस अवसरमा वरिष्ठ लोक गायक जोशी, केन्द्रका संस्थापक विशाल राई, श्रष्टा शिव प्रणत रेग्मी,सम्मानीत व्यक्तित्व पत्रकार झापाली लगायतले विहानी कला केन्द्रले नेपाली गीत,संगीतका क्षेत्रमा पु¥याँउदै आएको योगदानको बारेमा बोलेका थिए । कार्यक्रम केन्द्रकी अध्यक्ष यशोदा खनालको अध्यक्षतामा भएको थियो । विहानी कला केन्द्र हाल उर्लाबारी र दमकमा सञ्चालित छ । ती केन्द्रमा एक सय बढी संगीतका विद्यार्थीहरु रहेका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्