हेर्नुहोस्ः ल्वांग हालेको चिया पिउनुका फाइदा

68

ल्वांग मिसाएरको चिया बनाउनुहोस्, जाडो मौसममा निक्कै प्रभावकारी हुन्छ ।
– ल्वांग हालेको चिया पिएमा चिसोबाट बच्न सकिन्छ । ल्वांगको बिशेषता तातो हो । जाडोमा दिनमा २ वा ३ पटक ल्वांग मिसाएको चिया पिउनाले चिसो लाग्नबाट बच्न सकिन्छ ।

– यदि ज्वरोले सताएको छ भने पनि ल्वांग चिया पिउनाले निक्कै राहत दिन्छ । त्यस्तै ज्वरो पनि लामो समयसम्म रहँदैन ।

– ल्वांग हालिएको चियाले मांसपेशीको दुखाईबाट पनि राहत दिलाउने काम गर्छ ।
– पाचनसम्बन्धि समस्या भएकाको लागि चिया एक असर कारक हो । पाचन प्रक्रियाको गति सुस्त भएको अवस्थामा ल्वांग चिया पिउनु लाभकारी मानिन्छ । यसले पाचनतन्त्रलाई बलियो बनाउछ ।

– दाँत दुखेमा ल्वांगको तेल लगाउने गरिन्छ । यद्यपी, ल्वांग चिया पिउनाले पनि राहत मिल्छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्