नीजि विद्यालयको साँस्कृतिक प्रतियोगिता

193

दमक/  निजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल झापाले दमकमा जिल्ला स्तरको दुइदिने साँस्कृतिक कार्यक्रम सञ्चालन गरेको छ ।
आइतवार आयोजित कार्यक्रममा झापाका ८ वटा क्षेत्रबाट विभिन्न विद्यालयले सहभागिता जनाएको थिए । जसमा १२ वर्ष मुनी र १२ वर्ष माथिका विद्यार्थीहरुको गायन, कक्षा १ देखि ४ सम्मका र कक्षा ५ देखि ८ सम्मका विद्यार्थीको आधुनिक नृत्य, त्यसैगरी कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले कल्चर झल्किने नृत्य प्रश्तग गर्नेगरी वर्गिकरण गरिएको र क्षेत्रबाट छनौट भएका विद्यार्थीले प्रतिष्पर्धिा गरेका प्याप्सन झापाका अध्यक्ष कोषराज प्याकुरेलले जानकारी दिए ।
२३ र २४ गते दुइ चरणमा हुने सांस्कृतिक कार्यक्रमबाट प्रदेश स्तरिय कार्यक्रममा जान छनौट हुने जिल्ला प्याप्सन कार्य समिति सदस्य सन्तोष दाहालले जानकारी दिए । २७ औं प्याप्सन दिवशको दिन पारेर जिल्ला स्तरको साँस्कृतिक प्रतिष्पर्धा गराइएको दाहालले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्