हिमाविमा विज्ञान प्रदशनी प्रतियोगिता हुँदै

574

दमक/ दमक–१ स्थित हिमालय माध्यमिक बिद्यालयमा विज्ञान तथा वातावरण प्रर्दशनी हुने भएको छ । जिल्ला स्तिरीय प्रथम प्रदशृनी प्रतियोगितामा झापाभित्रका ३० वटा विद्यालयले सहभागिता जनाउने भएका छन् ।
यही पुस २६ र २७ गते हुने प्रदर्शनी प्रतियोगितात्मक रहेकोले प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः १० हजार, ८ हजार र ५ हजारका दरले पुरस्कृत गरिने बिद्यालय व्यस्थापन समिति अध्यक्ष शकंर बस्नेतले जानकारी दिए ।
विद्यार्थीको कला र क्षमतालाई प्रोत्साहन गर्ने लक्षका साथ प्रतियोगिता गर्न लागिएको बिद्यालयका प्रधानध्यापक टंकनाथ झाले बताए । दुइदिने प्रदशनीको आयोजना इको फ्रेन्ड्ली हिमालय कल्वले गरेको कल्वका अध्यक्ष नियोज ओलीले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्