गजल

73

कोपिलामा रङ्ग चढ्दा, फूल हासे जस्तै ।
जीवन सधै कहाँ हुन्छ, बाह्रमासे फूल जस्तै ।

ऋतुहरुमा शिशिरले बसन्तलाई डाके जस्तै ।
आँखा आँखा जुधिरहे कोइली नाचे जस्तै ।

तिम्रो मेरो पिरतीमा देउरालीलाई भाके जस्तै ।

कहाँ सबैलाइ पुग्छ र हाम्रो चोखो माया जस्तै ।

मनको मझेरीमा राखेर बन्छु मुना मदन जस्तै ।
जुनको ज्योतिमा राखेर भन्छु, तिमी बदन जस्तै ।

जुनि जुनि तिम्रै बन्छु धरती र आकाश जस्तै ।
सोच्नु हुन्न जिन्दगीलाई रेल गाडी कुदे जस्तै ।

      राज कुमार श्रेष्ठ, दोहा कतार

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्