सनराइजमा साँस्कृतिक प्रतियोगिता

144

दमक/ निजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल झापा क्षेत्र नं ७ ले दमकमा क्षेत्रीय स्तरको दुइदिने साँस्कृतिक कार्यक्रम सञ्चालन गरेको छ ।
मंगलवार सनराइज बोडिङ स्कूलको प्राङ्गढमा आयोजित कार्यक्रममा विभिन्न २५ वटा विद्यालयले सहभागिता जनाएको छन् । जसमा १२ वर्ष मुनी र १२ वर्ष माथिका विद्यार्थीहरुको गायन, कक्षा १ देखि ४ सम्मका र कक्षा ५ देखि ८ सम्मका विद्यार्थीको आधुनिक नृत्य, त्यसैगरी कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले कल्चर झल्किने नृत्य प्रश्तग गर्नेगरी वर्गिकरण गरिएको प्याप्सन झापाका अध्यक्ष कोषराज प्याकुरेलले जानकारी दिए ।
पुस ३ र ४ गते दुइ चरणमा हुने सांस्कृतिक कार्यक्रमबाट आगामी पुस २४ गते प्याप्सन दिवशको दिन हुने जिल्ला स्तरको साँस्कृतिक प्रतिष्पर्धाकोलागि छनौट गरिने क्षेत्रीय संयोजक तथा सनराइज बोडिङ स्कूलको संस्थापक प्रिन्सिपल जनार्दन मैनालीले जानकारी दिए ।

मंगलवार पहिलो सत्रको उद्घाटन कार्यक्रममा निजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल एक नं. प्रदेशका अध्यक्ष नारायण प्रसाद घिमिरे, झापा प्याप्सनका संस्थापक अध्यक्ष चन्द्रप्रकाश राई, प्रदेश एकका सल्लाहकार गोविन्द लम्साल लगायतले कार्यक्रमको सफलताको शुभ कामना मन्तब्य राखेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्