‘बजाउन जाने पो बच्छ बाँसुरी’

59

इलाम/ नेपालीमा एउटा उखान छ, ‘बजाउन जाने पो बच्छ बाँसुरी’ यो उखानलाई निशान लिम्बूले चरितार्थ गरिदिए । चुलाचुलीर माङसेबुङ–२ अक्कर घरभएका निसान लिम्बू (१५) ले बाँसुरीमा लगातर दर्जन भन्दा बढि गीतका धुनहरू सुनाउन सक्छन ।
माङसेबुङ गाउँपालिका –६ स्थित श्री चिसोपानी माध्यमिक विद्यालयमा कक्षा नौ मा अध्यनरत यी उनी घरबाट विद्यालय आइपुग्न ४५ मिनेट समय लाग्छ । बाँसुरी बजाउनु मनैदेखि रुची हो उनको । सानो छँदा दाजु सँग जंगलमा गाई, बाख्रा चराउन जाँदा दाजुले बाँसुरी बजाएको देखेर त्यहि सिको गर्न मन लाग्यो, सानाको गोठाले जीवन नै निशानकालागि धुन सिक्ने कला केन्द्र बन्यो ।
उनी भन्छन,– शनिबारको दिन अझै पनि जंगल जाँदा बाँसुरी बजाउँछु, घरमा साँझ विहान, कला प्रस्तुती गर्ने ठाउँ पाए भने म निरन्तर बाँसुरी बजाउनु जस्तो लाग्छ ।
सामान्य परिवारमा हुर्किन्दै आएको निसानको घरमा बुवा–आमा, दुई दाजु, दुई दिदी छन । उनलाई धेरै अध्ययन गरेर जागिर खानु भन्दा कला नै मनपर्छ ।
आजै आफ्नो भविष्यप्रति चिन्ता गर्ने निसानको गाउँमा आफ्नो दामले साथीहरू बाँसुरी बजाउँने छैनन् । यी छात्र संगको भेटमा उनले पहिलो भेट भएछ है.., पानी पँधेरीमा…., यो आँखामा तिमी छौ…,जाग लम्क चम्क है नौ जवान हो.., तिरीरी मुरली बज्यो बनैमा…, बगैंचामा नजाउ तिमी भमराले चुमि देला…। लगायतका ६ वटा गीत बासुरीको धुनमा सुनाए ।
नेपाली गीत, संगितको क्षेत्रमा रिमिक्स र र्यापले लोक बाजाका मौलिक धुनहरूलाई ओझेल पारिरहेका वेला पहाडी गाउँमा अपवादमै बचाएको कलाको रुपमा निसान लिम्बू प्रश्तुत भएका छन् ।
उनी जस्ता संगीतप्रमी लुकेका प्रतिभाको संरक्षण गर्न सके नेपाली संगितको संरक्षणमा इटा थप्न सकिने थियो ।

                                                     प्रश्तुती–   चेतन आङथुपो

फेसबूकमा कमेन्ट्स गर्नुहोस्