कफिबाट बस सञ्चालन

22

एजेन्सी । कफिबाट निस्किएको फोहोरको तेलको प्रयोग गरेर लण्डनमा बस चलाइने भएको छ । सोमबारदेखि यस ऊर्जाबाट बस सञ्चालन गर्ने यातायात अधिकारीले जानकारी दिएका छन् ।
यद्यपी, यो परिक्षण प्रयोग हो । कफिबाट निस्केको फोहोरबाट निकालिएको तेल डिजेलमा मिसाएर जैव(बायो) इन्धन तयार गरिन्छ र सार्वजनिक यातायताका साधनका लागि इन्धनको रुपमा यसको प्रयोग गरिनेछ । प्रयोग सफल भएमा यस इन्धनको प्रयोग बढ्ने बताइएको छ ।

लण्डनस्थित टेक्नोलोजी फर्म बायो–बीन लिमिटेड अनुसार, एक बर्षका लागि एउटा बसलाई ऊर्जाका लागि पर्याप्त कफि उत्पादन गरिने छ । सवारी साधनबाट निस्कने धुँवा क मगर्न लण्डन जैव इन्धनको उपयोगतर्फ बढेका छन् ।

बायो–बीन लिमिटेडका अनुसार, लण्डनमा कफि उद्योगबाट बर्षेनी २ लाख टन फोहोर निस्कने गर्छ, यसलाई इन्धन उत्पानका लागि प्रयोगमा ल्याइने भएको हो ।

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्