अक्टोवर क्रान्ति र नेपालको कम्युनिष्ट एकता

3092

डण्डिराज घिमिरे   /समय परवर्तनशिल छ । समाज गति, परिवर्तन र विकासको अनन्त प्रवाहमा हन्छ । समाजलाई मार्गदर्शन गर्ने माक्र्सवादी सिद्धान्त पनि गति, परिवर्तन र विकासको निरन्तरतामा छ । नेपालको सापेक्षतामा माक्र्सवादको सिर्जनशिल प्रयोग गर्दै विश्वमा नमुना बनेर नेपालको मौलिकतामा समाजवादी क्रान्ति सम्पन्न गर्नतर्फ तत्कालै ठोस कार्यदिशा ल्याउनु पर्छ ।

अक्टोबर क्रान्ति ः
अक्टोबर क्रान्ति आजभन्दा ठीक सय वर्ष अघिको घटना हो । सन् १९१७ को २५ अक्टोबरकादिन रुस भन्ने देशको औद्योगिक सहर पिटर्सवर्गका मजदुरहरुले राती २ बजे सरकारको विरुद्धमा निर्णायक ठूलो विद्रोह शुरु गरे । मजदुरहरु रोजगारी र शान्ति चाहन्थे । यो क्रान्ति लेनिनको योजनामा भएको थियो । मजदुरहरुको त्यो विद्रोहलाई सेनाको एउटा हिस्साले साथ दियो । मजदुरहरुले आकासवाणी तथा टेलिफोन अड्डा कब्जा गरे । सरकारले विद्रोही मजदुरलाई दमन गर्न सेनालाई लडाइमा उतार्यो । केरेन्सी नामका प्रधानमन्त्री सेनाको घेराउमा दरबारमा लुकेर बसे । २६ अक्टोबर दिनभरी लडाइ चल्यो । तर मजदुरले कब्जा गरेका ठाउँ सरकारले फिर्ता गर्न सकेन । २६ अक्टोबरको साँझ ७ बजे एउटा जहाजी सेनाको समूहले सरकारको विरोधमा र मजदुरको पक्षमा विद्रोह गर्यो । जहाजी सेनाको समूहले सरकारको विरोधमा र मजदुरको पक्षमा विद्रोह गर्यो । जहाजी सेनाले दरबारमा तोपहरु पड्काउन थाल्यो । सरकार परास्त भयो । मजदुरहरुले जिते । त्यस सरकारका प्रधानमन्त्री केरेन्सी महिलाको भेषमा भागे । विद्रोहको नेतृत्व रुसको कम्युनिष्ट पार्टीले गरेको थियो । राती २ः३० बजे १५ जनाको अस्थायी सरकार गठन गरियो । सरकारको प्रमुख लेनिनलाई बनाइएको थियो । सरकारले आर्थिक, सामाजिक अधिकार लागु गर्ने पहिलो घोषणा समेत गर्यो । यो समाजवादी क्रान्ति ऐतिहासिक उत्सव हो विश्व कम्युनिष्ट आन्दोलनका अभियान्ताहरुलाई ।

नेपालमा समाजवादी क्रान्ति र कम्युनिष्ट एकता ः
आज अक्टोबर क्रान्तिले १०० वर्ष पुरा गरेको गौरवमय ऐतिहासिक दिन हो । टुट, फुट र विघटनको कमजोर पृष्ठभूमीबाट अघि बढेको नेपालको कम्युनिष्ट आन्दोलनको समिक्षा गर्दैै नेपालमा कसरी समाजवादी क्रान्तिलाई अघि बढाउने भन्ने कार्य दिशाको बहस गर्नु पक्कै पनि सान्दर्भिक हुन्छ ।
देशको समृद्धिलाई केन्द्रविन्दुमा राखेर सामाजिक न्याय सहितको सक्षम आत्मनिर्भर समृद्ध नेपाल मुख्य कार्यसूची बनाउँदै श्रमजीवि नेपालीको राज्यसत्ता स्थापनाको महान अभियानको निर्मम समिक्षा गरी समाजवादी क्रान्तिको मार्गमा कम्युनिष्टहरु एक जुट भएर अघि बढ्न अत्यावश्यक भैसकेको छ । समाजवादी क्रान्तिको रणनीतिक लक्ष्य हाँसिल गर्न तदअनुरुपको रणनीतिक योजना र कार्यनीतिक श्रृंखलाका साथ अघि बढ्नुपर्नेछ । तसर्थ छरपस्ट नेपालका कम्युनिष्टहरु एकजुट भएर समाजवादी क्रान्तिको स्पष्ट कार्यदिशा नेपालको सापेक्षतामा छिटो अघि सार्न आवश्यक छ । जसरी तत्कालिन नेकपा माओवादीको स्पस्ट कार्यदिसाले १० वर्षे महान जनयुद्ध हुँदै शान्ति प्रकृयाकाबाट नेपालको कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिक गणतन्त्र सम्म ल्याइपुर्यायो त्यसैगरी अब समाजवाद सम्म पुग्ने ठोस कार्यदिशा तत्काल अघिसार्न जरुरी छ । १० वर्षे महान गौरवशाली जनयुद्ध – २०६२÷०६३ को दोस्रो जनआन्दोलन – विस्तृत शान्ति सम्झौता – अन्तरिम सरकार – अन्तरिम संविधान – संविधानसभाको निर्वाचन – सेना समायोजन र संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भन्ने कार्यदिशाबाट देश अघि बढ्दा देशले ठूलो फड्को मारेको छ । संविधानले समाजवादी क्रान्तिलाई भित्राइसकेको छ तर नेपालका कम्युनिष्टहरुले थप अघि बढ्न समाजवादी क्रान्तिको स्पष्ट योजना तथा कार्यदिशा निर्माण गरेका छैनन् ।
नयाँ संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेको छ । सामन्तवादको मूल प्रतिनिधिका रुपमा सदियौदेखि राज्यसत्ताको नेतृत्व गरेको राजतन्त्रात्मक युगलाई अन्त्य गरेको छ । जसले नेपाली समाजलाई ऐतिहासिक रुपमा पूँजीवादी लोकतन्त्रको नयाँ चरणमा देशलाई संस्थागत ठंगले प्रवेश गराएको छ । हजारौको बलिदानीका बाबजुद नयाँ संविधानले भित्राएको यो युगलाई अधिकतम उपयोग गर्दै नेपाललाई समाजवादी क्रान्तिद्वारा स्वर्णीम युगमा पुर्याउने फराकिला आधारहरु तयार भैसकेका छन् ।
नेपाली जनतामा निहित सार्वभौमिकता, नेपालको सार्वभौम सत्ता, भौगोलिक अखण्डता र स्वाधिनता बाहेक कुनै पनि कुरा यो संविधान बमोजिम असंशोधनीय वा अपरिवर्तनीय रहेको छैनन् । अब नेपाली जनताले चाहेमा यी चार विषय बाहेक सबै विषय संवैधानिक बाटोबाट परिवर्तन गर्न सकिने संविधानत ः स्थापित भएको छ । यो दुरगामी महत्वको परिवर्तन हो । यस आधारबाट पनि भन्न सकिन्छ की नेपालका कम्युनिष्टहरु एकजुट भएर मालेमावादी मार्गबाट अघि बढ्दा नेपाललाई सजिलै र छिट्टै समाजवादी युगमा पुर्याउन सम्भव छ ।
वर्तमान संविधानको प्रस्तावनामा नै जनताको प्रतिस्पर्धात्मक बहुदलीय शासन व्यवस्था र त्यसमा आधारित समाजवाद प्रति प्रतिवद्ध रहने कुरा स्पष्ट गरिएको छ । त्यसैगरी राज्यलाई प्रष्ट रुपमा समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भनेर परिभाषित गरिएको छ । संविधानले संस्थागत गरेको परिवर्तन सहितको राज्य र समाजको चरित्रलाई निर्दिष्ट गरेको छ । समाजवादी क्रान्तिको कार्यभार अघि बढाउन अब समाजवाद उन्मुख चरित्र सहितको समावेशी लोकतन्त्रलाई उत्कर्षको उपयोग गर्नुपर्दछ । यसका लागि नेपालका कम्युनिष्टहरुले फुटेर हैन जुटेर सिँगो नेपाल कम्युनिष्ट पार्टी बनाउनु पर्छ । यसरी मात्र समाजवादी क्रान्तिले माग गरेको क्रान्तिकारी चरित्रयुक्त सुदृढ सर्वहारा वर्गीय कम्युनिष्ट पार्टीको ऐतिहासिक आवश्यकतालाई पुरा गर्न सक्नेछ ।

नेपालका कम्युनिष्टहरुले जवाफ दिनैपर्छ
नेपालका कम्युनिष्ट पार्टीहरुले यतिखेर जवाफ दिनै पर्छ किन नेपालीहरु रोग, भोक र गरिबीको जरजर परिस्थितिको सामाना गर्न बाध्य छन् ? गास, बास, कपास शिक्षा,स्वास्थ्य,रोजगारी जस्ता नागरिकका आधारभुत आवस्यकताहरु क्रमश राज्यको नियन्त्रण भन्दा बहिर छन् किन ? नागरिकका यी उल्लेखित आधारभुत आवस्यकता माथि पनि सामन्त पुँजबादीहरु नै बिचौलिय बनेर चरम शोषण गरिरहेका छन् र राज्य निरिह बनेर बसेको छ किन ? कम्युनिष्टहरु पटकपटक सरकारमा पुगेर पनि किन समाजवादी अर्थनीति अवलम्बन गर्न अगि सर्दैनन् ? के यस्तै पुँजीवादी शासन ब्यवस्था भित्र रमाइरहने हो भने बर्गबिहिन समाज निर्माण सम्भव होला ? निजि क्षेत्र क्रमश राज्य नियन्त्रण भन्दा बाहिर गैसकेको छ बरु राज्य चै क्रमश निजि क्षेत्रको नियन्त्रणको चंगुलमा फसेकोे छ किन ? गरिबी, बेरोजगारी र बढ्दो भ्रष्टचारले किचिएर सर्बहारा जनता आक्रान्त छन् अब पनि कम्युनिष्टहरुलाई किन भोट हाल्नु पर्ने श्रमजीविहरुले ? आर्थिक पुनरसंरचनाको ब्यवस्थित कार्यदिशा खोई कम्युनिष्टहरुको ? पुँजीवादमा रमाउने कि समाजवादी क्रान्तिको मार्गमा अघिबढ्न यसलाई उपयोग मात्र गर्ने ? श्रमजीविहरु भोकभोकै मर्नुपर्ने र बिचौलिया पुँजीवादीहरु दिनदिनै मोटाउदैजाने ब्यवस्था भित्र कम्युनिष्टहरु रमाउन र हराउन सुहाउँछ ? देश तथा नागरिकको आत्मनिर्भर अर्थतन्त्रको आधार निर्माणमा कम्युनिष्टहरुको कार्यनितिक योजना खोई ? ब्याक्तिबादी संसारबाट मानिसलाई समाजवादी संसार तर्फ डोर्याउने रणनीतिक योजना खोई ?
समय परवर्तनशिल छ । समाज गति, परिवर्तन र विकासको अनन्त प्रवाहमा हन्छ । समाजलाई मार्गदर्शन गर्ने माक्र्सवादी सिद्धान्त पनि गति, परिवर्तन र विकासको निरन्तरतामा छ । नेपालको सापेक्षतामा माक्र्सवादको सिर्जनशिल प्रयोग गर्दै विश्वमा नमाुना बनेर नेपालको मौलिकतामा समाजवादी क्रान्ति सम्पन्न गर्नतर्फ तत्कालै ठोस कार्यदिशा ल्याउनु पर्छ नेपालका कम्युनिष्टहरुले । राजनीतिक कार्यदिशा यहा सम्म आइपुगेको उपलब्धीलाई गौरब गर्दै आत्म निर्भर आर्थीक योजनामा केद्रित हुनु पर्छ । आयातमुखी परनिर्भर ब्यवसायलाई उत्पादन मुखि बनाउनु पर्दछ । बैदेशिक रोजगारीको बाध्यतालाई कम गराउदै क्रमश स्वरोजगारमुखी बन्ने वातावरण निर्माण गर्नु पर्दछ । प्राकृतिक सम्पदा जल र जमिन लगाएतको स्वामित्व र नियन्त्रण राज्यको हुनु पर्दछ । शिक्षा स्वास्थ्य रोजगारी लगाएतका नगरिकको आधारभुत आवश्यकता राज्यले जिम्मा लिनु पर्दछ । निजिकरणलाई क्रमश निरुत्साहित गर्नुपर्दछ । समाजबाद सम्म पुग्ने समग्र कम्युनिष्ट कार्यदिशा आजको आवस्यकता हो ।
लेखक प्रेससेन्टर नेपाल प्रदेश नं १ तथा माओवादी अध्ययन केन्द्रका उपाध्यक्ष हुन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्