सिजन अघिनै बजारमा पाकेका फलफुलहरु पर्याप्त, दमक नगरपालिकाले दियाे चासाे

0
223

दमक बजारमा अप्राकृतिक रुपमा पकाइएका फलफुलको कारोबार भइरहेको सूचना पाएपछि स्थानीय सरकारले सम्बन्धित व्यवसायीहरुलाई सचेत गराएको छ ।

विशेष गरी अहिले बजारमा निस्किएको आँप र केरालाई लक्षित गर्दै दमक नगरपालिकाले त्यस्तो सचेत गराएको हो । नगरपालिकाले सार्वजनिक सूचना मार्फत सो बिषयमा सम्बन्धित विक्रेता तथा उत्पादक व्यवसायीहरु र आम उपभोक्ताहरुलाई सचेत गराएको हो ।

सिजन सुरु हुनु भन्दा अघिनै बजारमा पाकेका फलफुलहरु पर्याप्त देखिन थालेपछि उपभोक्ताको स्वास्थ्यलाई ध्यान दिएर सचेत गराईएको दमक नगर उप प्रमुख रेगिना भट्टराईले बताइन् । कृतिम रुपमा पकाईएका फलफुलले मानव स्वास्थ्यलाई असर गर्ने भएकोले त्यस्ता फलफुलहरु बिक्रि नगर्न ब्यबसायीलाई समेत आग्रह गरिएको भन्दै उनले उपभोक्ताले पनि फलफुल किन्दा सचतता अपनाउनु पर्ने बताइन् ।

नगरपालीकाको बजार अनुगमन टोलीले नियमित अनुगमन गरिरहेको भन्दै अप्राकृतिक रुपमा पकाईएका फलफु भेटिए जफथ गरिने र त्यस्ता ब्यबसायीलाई कारबाही समेत हुने भएकोले सुचना जारी गरेर सचेत गराएको नगर उप प्रमुख भट्टराईले बताइन् ।

नगरपालिकाद्धारा जारी सार्वजनिक हित सम्बन्धिको सूचनामा क्याल्सियम कार्वाइड तथा अन्य मानव स्वास्थ्यका लागि हानिकारक रसायनको प्रयोग गरि पकाइएका आँप, केरा ताथ अन्य फलफुलहरुको विक्री वितरण नगर्न सम्बन्धित व्यवसायीहरुलाई सचेत गराइएको छ भने प्राकृतिक रुपमा परिपक्व भएपछि मात्रै त्यस्ता फलफुलहरु बोटबाट झारेर उपभोक्ता माझ लैजान र प्राकृतिक रुपबाट आँप पकाउँदा बेसार, प्याज र प्राकृतिक धुँवाको प्रयोग गर्न सुझाइएको छ । एउटा लटका सबै आँपहरु एकै प्रकारबाट उस्तै रंगमा पाकेको देखिनु, फलको बोक्रा पहेंलो हुनु तर भित्री फल राम्रोसँग पाकेको नहुनु, फलको प्राकृतिक बास्ना नहुनु, पहेंलो भएर पाकेको फलमाथि कालो धब्बाहरु देखिएमा त्यस्तो फल अप्राकृतिक ढंगबाट पकाइएको हुने पनि जारी सूचनामा उल्लेख छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here