शिवसताक्षीमा चासोक तङनाम धुमधामले मनाइने

0
205

शिवसताक्षी/ मिलन सास्कृतिक परिवारको आयोजनामा वर्षेनि मनाइदै आइरहेको चासोक तङनाम यसपटक पनि धुमधामले मनाइने भएको छ ।

आयोजक मिलन सास्कृतिक परिवारले मङ्गलबारेमा आज पत्रकार सम्मेलन गिरि कार्यक्रमको बारेमा जानकारी गराएको हो । चासोक तङ्नाम शिवसताक्षी ७ स्थित मिलन चोक नजिकै यहि १४ गते सनिबार मनाउन लागेको हो । यस बर्षको चासोक तङ्नाममा हरेक नेपालीको ढुक ढुकी प्रथम नेपाली तारा दिपक लिम्बु र मुन्दुमी गायिका गङ्गा फ्याकको बेजोड साङ्गितिक प्रस्तुति रहने आयोजक समितिका अध्यक्ष राज खजुमले जानकारी दिएका छ्न । उनका अनुसर १४ गते बिहान ८ बजे चासोक पुजा तथ प्रसाद बितरण हुने , छेलो हान्ने धनु हान्ने र डोरी तान्ने मौलिक खेल समेत खेलाइने र सम्मान तथा पुरस्कार बितरण गर्ने कार्यक्रम रहेको अध्यक्ष खजुमले बताए ।

त्यस्तै कार्यक्रम सम्पन्न गर्नको लागि ५ लाख रुपैया खर्च हुने र उक्त रकम बिभिन्न संघ- सस्था , देश बिदेशमा रहेका सहयोगि मन भएका दाताहरु बाट सङ्कलन गरिने आर्थिक सम्योजक अम्बरसिह आङ्देम्बेले बताए । प्रकृतिपूजक किरात लिम्बूहरुले वर्षेनी मनाउने गरेको चासोक तङ्नाम अर्थात् नुवागी पूजा नेपालीहरुको आँगनमा आइपुगेको छ । शदियौँदेखि किरात सभ्यता अन्तर्गत प्रकृतिपूजकहरुले घरभित्रै मान्दै आएको चासोक तङनाम पछिल्लो समयमा पहिचानको चेतना आएपछि मौलिक चाड पर्वहरुलाई विश्वव्यापीकरण गर्ने उद्देश्यका साथ सार्वजनिक स्थलमै धुमधामले मनाउन थालिएको कार्यक्रम संयोजक नबिन इजमको भनाइ छ ।

उनका अनुसार विभिन्न राजनीतिक घट्नाक्रम र ऐतिहासिक कालखण्डमा शासकहरुले निमिट्यान्न पार्न लागेको किरात समुदायको मौलिक संस्कृति अहिले विश्वभरी मनाउने गरिएको छ । जहाँ जहाँ नेपालीहरु पुगेका छन् त्यहाँ बडो महत्वका साथ मुन्धुमी संस्कार अनुसार चासोक तङनाम मनाउने चलन चलिआएको छ । किरात समुदायमा अन्न बाली पाकेपछि प्रकृति देवलाई चढाएर खाने प्रचलन छ । जस अनुसार किरात राई, लिम्बू, सुनुवार, धिमाल, याक्खाहरुले आफ्नो संस्कृति अनुसार अन्नबाली चढाउछन् र उक्त दिन महोत्सवको रुपमा आदिम कालदेखि खाई आएको मौलिक परिकार तरुल, सिलाम तथा भटमासको फुदो, गुन्द्रुक, सेल रोटी, याङवेन (झ्याउ), विभिन्न परिकारका फलफूलहरु खाने गरिएको छ ।

पूर्व लिम्बुवान खम्बुवानको आफ्नो थात्थलोहरुमा चिसो जाडोका कारण माछाहरु दक्षिणतर्फ कुर सर्ने भएकाले त्यही मौसमको आधार मानेर उधौली पर्व अन्तरगत चासोक तङ्नाम लिम्बू समूदायले मनाउने गरेका छन् भने किरात राईहरुले साकेला उधौलीका रुपमा मनाउने प्रचलन चलिआएको छ । किरात सभ्यता प्राकृतिक सभ्यता भएकाले यो याममा चराहरु, माछाहरु दक्षिणतर्फ लाग्छन् । अन्नबाली भित्र्याउने मौसमको रुपमा लिइन्छ, पैयूँ फुलेको याममा जुन समय चराहरु, खोलाका माछाहरु दक्षिणतर्फ लाग्छन र अन्नबाली भित्र्याउने याम मानेर नयाँ अन्नबाली प्रकृति र पुर्खालाई चढाएर सुख, समृद्धिको कामना गर्दै उधौली चाड मनाइन्छ । किरात समुदायले मंसिर पूर्णिमामा उधौली पर्व मनाउने गरेका छन् । यो प्रकृतिपूजकहरुको एउटा मुन्धुमी सँस्कृति हो । चासोक तङनाममा नेपाल सरकारले सार्वजानिक बिदा समेत दिने गरेको छ भने यसलाई राष्ट्रिय पर्वका रुपमा मान्यता दिइएको छ । नेपाल भित्र रहेका विभिन्न समुदायको चाडपर्वहरुलाई देशले मान्यता प्रदान गर्नु भनेको सबैले देश हुनुको प्रत्याभूत गर्नु हो । देश बहुजाति, बहुभाषी, बहुधार्मिक, बहुसाँस्कृतिक एकतामा अनेकता भएकैले पनि यो देशका निधीलाई समान रुपले र्हेनु देशको कर्तव्य हो । चासोक मय रहेको शिवसताक्षीमा कार्यक्रमको उद्घाटन नगरप्रमुख मेघाहाङ्ग थोप्राले गर्ने आयोजकले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here