च्याम्बर अफ कमर्स, दमक झापाको दोस्रो अधिबेशन सम्पन्न

0
71

दमक / च्याम्बर अफ कमर्स, दमक झापाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । दमकमा शुक्रबार सम्पन्न संस्थाको दोस्रो अधिवेशनले ११ सदस्य समिति सर्बसहमत चयन गरेको छ । जसको अध्यक्षमा राजेन्द्र कुमार ढकाल, उपाध्यक्ष अजय कुमार अग्रवाल, सचिव रामप्रसाद रिमाल, सहसचिव ख्याम सापकोटा, कोषाध्यक्ष सम्भु प्रसाद खतिवडा चयन भएका छन् ।

यसैगरि सदस्यहरुमा सन्दिप शाहेवाला, नविन शेडाईं, राजकुमार गुप्ता, रिङकुमार आचार्य, विन्दु सिटौला, कुशुम ढुंगेल सर्बसहमत चयन भएका हुन् ।

दोस्रो अधिवेशनको सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै दमक नगरपालिका प्रमुख राम थापाले विकासका काममा सबैको साथ र सहयोग आवश्यक रहेको बताए । उनले विकासका काम साझा भएकाले पार्टी हेर्न नहुने भन्दै सकारात्मक काममा सबै एकजुट हुनुपर्ने बताए ।

कार्यक्रममा ब्वसायीहरुले सरकारले ब्यवसायीको हितमा काम नगरेको गुनासो रहेका छन् । उनीहरुले बैंकले बढी ब्याज लिने गरेका कारण ब्यवसायी मारमा परेको बताए । ब्यवसायीहरुले स्थानीय उत्पादनलाई ब्यापार ब्यवसायसँग जोड्नुपर्ने कुरामा जोड दिएका छन् ।

कार्यक्रमलाई प्रमुख अतिथि थापा, चेम्बर केन्द्रीय सदस्य ओम विमली, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईं, चेम्बर प्रदेश उपाध्यक्ष सन्तोष अग्रवाल, आन्तरिक राजश्व कार्यालय प्रमुख लभकुमार अधिकारीलगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष राजेन्द्र ढकालले गरेका थिए भने सञ्चालन समितिका सचिव राम रिमालले गरेका थिए । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष अजय अग्रवालले गरेका थिए ।

संस्थाले अधिवेशनको सम्पन्न गर्न तीन सदस्यीय समिति रहेको निर्वाचन समिति तय गरेको थियो, जसमा संयोजक पूर्वसन्देशका प्रधान सम्पादक गञ्जबहादुर दाहाल, सदस्यहरुमा गौतम गुप्ता र विरोध सुवेदी रहेका थिए । समितिले निर्वाचन प्रक्रिया अघि बढाएपछि अन्तिम चरणमा सर्बसहमति भएको निर्वाचन समितिले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here