नेप्से परिसूचकमा दोहोरो अङ्कको बृद्धि

0
88

 धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलब ३० ले बढेर एक हजार आठ सय ४७ दशमलब ५४ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने तीन दशमलब ३३ अङ्कले उकालो लागेर तीन सय ५५ दशमलब ७३ मा पुगेको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा आज बृद्धि भएको छ ।

कूल ३५ लाख ५५ हजार छ सय ७० कित्ता शेयर रु ९३ करोड ८९ लाख २९ हजार ४० मूल्यमा कारोबार भयो । कारोबारका आधारमा सोल्टी होटल शीर्ष स्थानमा छ । सो कम्पनीको रु छ करोड ४३ लाख २० हजार नौ सय १० बराबरको कारोबार भयो । सोनापुर मिनरल्स रु पाँच करोड ६२ लाख तीन हजार एक सय १६, हाथवे इन्भेस्टमेन्ट रु तीन करोड ७८ लाख ३९ हजार छ सय ६०,हिमालय बैंक रु तीन करोड ५८ लाख ४८ हजार सात सय ५० र मञ्जुश्री फाइनान्स रु दुई करोड ३९ लाख ७२ हजार नौ सय ५७ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार हाथवे इन्भेस्टमेन्ट नौ दशमलब ९८, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स नौ दशमलब ९३, आशा लघुवित्त छ दशमलब १६,दिव्यश्वरी हाइड्रोपावर पाँच दशमलब ८८ र माई खोला हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलब ८२ प्रतिशतले कमाएका छन् । यस्तै, लक्ष्मी लघुवित्त चार दशमलब २८, विन नेपाल लघुवित्त तीन दशमलब ९९, एनआइसि एशिया लघुवित्त तीन दशमलब ९१,एनआइसि एशिया ब्यालेन्स फण्ड तीन दशमलब शुन्य एक र माया खोला हाइड्रोपावरका लगानीकर्ताले दुई दशमलब ४० प्रतिशतले गुमाएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here