बढी बिल्डर विशाललाई युवा संघ दमक द्वारा सम्मान

0
219

दमक/ नेकपा एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपाल दमक नगर कमिटीले दमकका विशाल क्षेत्री पौडेल लाई सम्मान गरेको छ ।

युवा संघ दमक नगर कमिटीले आयोजनामा दमकमा माध्यमिक बिद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिताको अवसरमा शारिरीक सुगठन अभ्यास सम्बन्धिको ५५ औं एशियाली प्रतियोगितामा हालै नेपाललाई स्वर्ण पदक दिलाउने दमक विष्ट फ्याक्ट्रीका संचालक विशाल क्षेत्री पौडेल लाई दमकको प्रतिनिधित्व गर्दै समग्र नेपालको नाम उच्च स्थानमा राख्न सफल भएको भन्दै कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका छन् ।

कस्मिक पाटी प्यालेसमा भएको प्रतियोगिताको औपचारिक उदघाटन नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।

समृद्ध नेपाल सुखी नेपाली शीर्षकमा भएको वक्तृत्वकला प्रतियोगितामा दमक नगरका १७ बिद्यालयका प्रतिस्पर्धीलाई उछिन्दै झापा मोडल अंग्रेजी माविमा कक्षा ९ मा अध्ययनरत प्रतिक खनाल प्रथम भएका छन । त्यसैगरी ग्लोबल एजुकेशन एकाडेमीका प्रज्वल सिटौला दोश्रो र हिमालय माविका सुलभ न्यौपाने तेस्रो भएका छन ।

त्यसैगरी प्रजिता एकाडेमीका आयुषा खडका र एकता एकाडेमीका बिपासा लिम्बु सान्तवना घोषित भएका आयोजक राष्ट्रिय युवा संघ नेपाल दमक नगर इञ्चार्ज राम पौडेलले जानकारी दिए । सो अवसरमा संघका पूर्व नगर अध्यक्षहरुलाई समेत सम्मान गरिएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here