नगरपालिका र नेक्स्ट इरा बीच समन्वय नहुँदा दमक बजार दुर्गन्धित हुँदै, वाणिज्य संघले गरायो ध्यानाकर्षण

0
290

दमक/ दमक उद्योग वाणिज्य संघले केहिदिन देखि दमकमा फोहोरमैला संकलन तथा व्यवस्थापनको रोकिएकोमा दमक नगरपालिकासहित फोहोरमैला संकलनको जिम्मा पाएको संस्था नेक्स्ट इरा इनर्जी प्रालिको ध्यानाकर्षण गराएको छ ।

दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईसहितको टोलीले आज नगरपालिकाका प्रमुख रामकुमार थापालाई ज्ञापनपत्र बुझाउदै फोहोर नउठाउदाँ नगरको सौन्दर्यका साथै मानव स्वास्थ्यमा नै गंभीर असर परेको भन्दै यथासिघ्र फोहोर संकलन कार्य नियमित गर्न माग गरेको हो ।

फोहोरमैला जस्तो संवेदनशील क्षेत्रमा देखिएको समस्याले सिंगो नगरबासी नराम्ररी प्रताडित हुनुपरेको संघले उल्लेख छ । संघले बुझाएको ध्यानाकर्षण पत्रमा संझौताको दुवै पक्षले पूणर् रुपमा कार्यान्वयन गरि फोहोरमैला व्यवस्थापन लाई यथासिघ्र सुचारु गर्न अनुरोध गरिएको छ ।

संघको ज्ञापन पत्र बुझ्दै नगर प्रमुख थापाले फोहोरमैला व्यवस्थापनमा उत्पन्न समस्याको बिषयलाई लिएर विभिन्न चरणमा छलफल भइरहेको बखत अकस्मात नेक्स्ट ईराले फोहोर उठाउन बन्द गरेर लाचारीपन देखाएको बताए । नगरपालिकाले फोहोर संकलनमा देखिएको समस्या समाधान गर्न नगर उपप्रमुख रेगिना भटटराईको संयोजकत्वमा ७ सदस्यीय सहजीकरण समिति गठन गरेको छ ।

आज बसेको नगर कार्यपालिका बैठकले फोहोर संकलन तथा व्यवस्थापनका विषयमा अध्ययन गरि १० दिन भित्रमा प्रतिवेदन पेश गर्न समितिलाई निर्देशन गरिएको नगर प्रमुख थापाले बताए ।

फोहोर संकलन तथा व्यवस्थापनका लागि नगरपालिका र नेक्स्ट इरा बीच संझौता भई कार्य सञ्चालन हुदैआएकोमा अचानक सेवा प्रदायक संस्थाले एकतर्फी रुपमा फोहोर संकलन कार्य नगरेपछि तीनदिन देखि यहाँको फोहोरमैला उठ्न सकेको छैन् । नेक्स्ट इराले फोहोर नउठाँउदा दमकको चौंक, वजारमा दुर्गन्ध फैलिदै गएको छ ।

यता नगरपालिकाको फोहोरमैला सम्बन्धी काम गर्दै आएको नेक्स्ट इराका संचालक विमल खतिवडाले केही दिन अघि नगरपालिकाले आफूहरु संग गरेको सम्झौता अनुसार काम नगरेको भन्दै फोहोर उठाउन नसकिने कुरा सामाजिक सञ्जाल फेसबुकमा जानकारी गराएका थिए । यता नियमित फोहोरको शुल्क तिर्दै आएका सेवाग्राही भने स्थानीय सरकार र सम्बन्धित निकाय बीचको समझदारीले फोहोर नउठ्दा अन्योलमा परेका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here