“समृद्ध नेपाल सुखी नेपाली” झापा मोडलका खनाल विजयी

0
361

दमक/ नेकपा एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपाल दमक नगर कमिटीको आयोजनामा दमकमा माध्यमिक बिद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता बिहिबार सम्पन्न भएको छ ।

कस्मिक पाटी प्यालेसमा भएको प्रतियोगिताको औपचारिक उदघाटन नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।

समृद्ध नेपाल सुखी नेपाली शीर्षकमा भएको वक्तृत्वकला प्रतियोगितामा दमक नगरका १७ बिद्यालयका प्रतिस्पर्धीलाई उछिन्दै झापा मोडल अंग्रेजी माविमा कक्षा ९ मा अध्ययनरत प्रतिक खनाल प्रथम भएका छन । त्यसैगरी ग्लोबल एजुकेशन एकाडेमीका प्रज्वल सिटौला दोश्रो र हिमालय माविका सुलभ न्यौपाने तेस्रो भएका छन ।

त्यसैगरी प्रजिता एकाडेमीका आयुषा खडका र एकता एकाडेमीका बिपासा लिम्बु सान्तवना घोषित भएका आयोजक राष्ट्रिय युवा संघ नेपाल दमक नगर इञ्चार्ज राम पौडेलले जानकारी दिए ।

प्रतियोगितामा सहभागी अधिकांश प्रतियोगी वक्ताहरुले पछिल्लो पुस्ताको विदेश आकर्षण, राजनीतिक अस्थिरता र राष्ट्र, राष्ट्रियताका बिषयमा केन्द्रित हुँदै समृद्ध नेपाल सुखी नेपालीको नारालाई साकार पार्नुपर्नेमा जोड दिएका थिए ।

प्रतियोगितामा अध्यक्ष ओली र आयोजक कमिटीका नगर अध्यक्ष विवेकशर्मा भट्टराईले प्रथम हुनेलाई नगद १५ हजार, द्धितीय हुनेलाई नगद ११ हजार, तृतीय हुनेलाई ७ हजार ५ सय र सान्तवना हुनेलाई ५÷५ हजार रुपैयाँका दरले नगद राशीको पुरस्कारसहित प्रमाण पत्र र ट्रफी हस्तान्तरण गरेका थिए ।

सो अवसरमा संघले शारिरीक सुगठन अभ्यास सम्बन्धिको एशियाली प्रतियोगितामा हालै नेपाललाई स्वर्ण पदक दिलाउने दमकका विशाल क्षेत्री पौडेल, युवा संघ दमक नगर कमिटीका पूर्व अध्यक्षहरु जिवन धिमाल, शंकर दाहाल, राजकुमार श्रेष्ठ, इन्द्र गुरुङ, नविन बराल, राम पौडेल र डेन्जोङ लामालाई सम्मान गरिएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here