धूम धाम गरी मनाइयो यस वर्षको तीज

0
160

झापा । यो बर्षको हरितालीका तीज देशै भरीका हुन्दु धर्मलवम्बीहरुले भब्यताका साथ दर खाएरा बिभित सास्कृतिक कार्यक्रम गरि मनएका छ्न ।

खास गरी हिन्दू नारीहरु विवाहित वा अविवाहित सबैले यो पर्वलाई मनाउने र धारण गर्न सक्छन् । भाद्र शुक्ल द्वितीयादेखि भाद्र शुक्ल पञ्चमीसम्म चल्ने चार दिनको यो पर्वलाई स्वतन्त्रता र आनन्दमय उल्लासको रुपमा पनि लिइन्छ । विशेषतः भगवान शिवकै पुजा र आरधाना गरी मनाईने हरितालिका तीजको व्रतले पतिको आयु, आरोग्य, ऐश्वर्य तथा स्वस्थ्य राम्रो र सम्मुनत हुने विश्वास परापूर्वकालदेखि नै रहिआएको छ । स्वयं माता पार्वतीले पति शिवलाई पति पाउँ र शिवको स्वास्थ्य, आयु एव्म ऐश्वर्यमा कुनै बाधा नपुगोस् भन्ने दृढ चाहना राखेर व्रत उपासमा गरिएकाले सोही प्रसंगले निरन्तरता पाइरहेको विश्वास व्रतालु एवं धर्मालम्बिहरुमा रहनु स्वभाविक हो । यस्तो पवित्र उद्देश्य र संकल्प रहेको हरितालिका तीजको नामले प्रख्यात पर्व केही समय यता धार्मिक पर्वका नाममा सामाजिक विकृति बनेर आइरहेको छ ।

तीज महोत्सब, तीज महामेला, तीज माहाकुन्भ, तीज फेस्टिबल जस्ता अनेक नामले तीजको धार्मिक–सामाजिक महत्व खस्कँदै गइरहेको छ । विशेषतः यस पर्वलाई चेलिबेटी तथा दिदीबहिनी पुनर्मिलनको आनन्दमय उत्सबको रुपमा मनाउनुपर्ने मान्याता हो । अहिले आएर होटल रेस्टुरेन्ट, बार, पार्टि प्यालेस मात्र नभई शिक्षक शिक्षिका तथा अभिभावक भेला भएर स्कुलमा, कर्मचारीहरु आ–आफ्नो दल विशेषका युनियनहरुमा, पेशागत संघसंस्थाहरु आ–आफ्नो कार्यलयमा, वनभोजमा तथा टे«किङ्ग र हाइकिङ्मासमेत तीज अनि दरको संस्कृति विकृति बनेर अगाडि बढदै गइरहेको छ । तीजको धार्मिक संस्कृतिक एवं सामाजिक महत्व दिनानुदिन घट्दै गइरहेको पाइन्छ ।

लामो समयसम्म भेटघाट नभएका चेलिबेटि माइतीमा भेला भएर सुख दुःख, उन्नति प्रगति आदिका बारेमा चर्चा परिचर्चा गर्दै दाजु–भाई, माता पिता सबैको सामूहिक उल्लासलाई उल्लासमय रुपमा माइतीको गाउँ, ठाउँ र देशमा मनाउनु पर्ने पर्वको अहिले आएर पार्टी प्यालेस र ब्याङ्केटलाई माइती मानेर मनाइँदै जान थालिएको छ । यसले हाम्रो धर्म, संस्कृति, संस्कार र सामाजिक अवस्थालाई कता लैजाँदै छ भन्ने स्वयं तीजको रमझममा रमाइरहेका हामी सबैले सोच्नु पर्ने बेला आएको छ ।

मुलुकको उत्पादनमुखि अर्थतन्त्र खस्कँदो छ । तीजको भड्किलो दर कार्यक्रम, टिकट, चिठ्ठा एवं कक्टेल दर तथा डिनर जस्ता कार्यक्रम अनुत्पादक अर्थतन्त्रका द्योतक हुन् ।
यसै क्रममा झापा शिवसताक्षी ८ को डुडामारीमा निम्बस अङ्ग्रेजी बिद्यालयले तीज बिशेश कार्यक्रममा बिभित सास्कृतीक कार्यक्रम गरि मनाएको छ।

बिद्यालयले अभिबावक तथा बिद्यार्थी हरु बिच तीजको गीतमा नृत्य गरेका थिए ।तिजको महत्व सङ्गै अभिभावक र बिध्यार्थीहरु लाई एकै स्थानमा भेला गराएर सामुहिक नृत्य गरिएको बिध्यलयका प्रीन्सिपल राजिन बुडाथोकीले बतए । उनका अनुसार धार्मिक सहिष्णुता कायम गर्नको लागि पनि यस्तो समुहिक तिज बिशेश कार्यक्रमको आयोजाअ गरिएको बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here