दमक/ झापाको दमकमा विद्यालयको वरपर मादक पदार्थ तथा सूर्तिजन्य पदार्थ विक्रि वितरण गर्न नपाइने भएको छ ।
सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ को दफा ११ को उप दफा ३ र नगरपालिकाको तेहाँ नगरसभाले पारित गरेको आर्थिक वर्ष २०६०/०८१ को नीति तथा कार्यक्रममा भएको व्यवस्था अनुसार विद्यालय रहेको स्थानको कम्तिमा १०० मिटर भित्रका घर पसलबाट मादक पदार्थ तथा सूर्तिजन्य पदार्थ विक्रि वितरण गर्न रोक लगाउने भएको हो ।
यही व्यवस्था लाई कार्यान्वन गर्दै नगरपालिकाको शिक्षा शाखाले सबै सामुदायीक तथा संस्थागत विद्यालयलाई परिपत्र मार्फत जानकारी गराउँदै यस कार्यमा सहजीकरण गर्न भनेको छ ।