बाल दिवसको अवसरमा शिवसताक्षमा विविध कार्यक्रम

0
168

शिवसताक्षी । शुक्रबार देश भर ५९औ राष्ट्रिय बाल दिवस बिभित कार्यक्रम गरि धुमधामले मनाइएको छ ।

बालबालीकामा लगानी शुनिस्चित भबिस्यको थालनी भन्ने मुल नारा रहेको यसपालीको बाल दिवसमा विशेषगरी बालअधिकार रक्षा र संरक्षणको लागि विभिन्न संसस्थाहरुले विभिन्न कार्यक्रमहरु गरेर मनाएका हुन ।

वि.सं. २०२१ साल भाद्र ४ गतेदेखि मनाउन शुरु गरिएको राष्ट्रिय बालदिवस २०६३ सालमा आएर भाद्र २९ गते मनाउन सुरु गरिएको हो ।

बालबालिकाहरुको हक र अधिकारको लागि यो दिवस मनाउने गरिन्छ । बालबालिकाहरुको जीवन सुरक्षा र उनीहरुको उज्वल भविष्यको लागि यो दिवस मनाउने गरिन्छ ।

बालबालिका भनेको एउटा गिलो माटो जस्तै हो । गीलो माटोलाई जे बनाउन खोज्दापनि सकिन्छ त्यस्तै बालबालिकाहरुलाई पनि आफ्नो परिवारसँग भर पर्छ । आफ्नो छोराछोरीलाई कुन वाटो देखाउँदा राम्रो हुन्छ भन्ने कुरामा आफ्नो परिवारले धेरै नै ध्यान दिनुपर्ने हुन्छ । बालदिवसको इतिहासलाई फर्केर हेर्दा नेपालमा बालदिवसमा रत्नराज्य लक्ष्मीदेवी शाहले भारत भ्रमण गर्ने क्रममा भारतमा माहात्मा गान्धीको जन्मदिनमा बालदिवस मनाउने गरेको र भारतका प्रभावशाली राजनेताद्वारा समाजसेवामा सकि्रयताका साथ लागेको देख्नुभयो । तत्काल भारतबाट फर्केपछि मुमा रत्नद्वारा आफ्नो जन्म दिनपारी वि.सं. २०२१ भाद्र ४ मा नेपाल बाल संगठन स्थापना गरी आफ्नै जन्म दिनमा बालमन्दिर मार्फत टुहुरा अनाथ बालबालिकाको संरक्षणको थालनी गरेको दिनलाई नै राष्ट्रिय बालदिवसको घोषणा गरी नियमित रुपमा बालदिवस मनाउन थालिएको पाइन्छ ।

बालबालिकालाई आफुले जे कुरा सिकायो त्यही कुरा सिक्ने गर्छन् । त्यसैले हामीले आफ्नो बालबालिकाहरुलाई सधै राम्रो बोल्न, सिकाउने गर्नुपर्छ । त्यस्तैगरी राम्रो काममा लाग्नलाई मात्र सिकाउनुपर्छ । यदि आफ्नो बालबालिकाहरुलाई राम्रोकुरा सिकाएन भने कुलतमा फस्ने गर्दछन् ।

अहिलेको समयमा हेर्ने हो भने, कतिपय मान्छेहरु कुलतमा फसेर बिग्रिएको देखिन्छन् । कतिको छोराछोरीहरु कुलतले गर्दा नै अकालमै ज्यान गुमाउन बाध्य भएका छन् । त्यसैलेगर्दा आफ्नो बालबालिकहरुलाई हामीले समयमै राम्रो कुरा सिकाउने गर्नुपर्छ सहिवाटो देखाउने गर्नुपर्छ ।

यस दिन विभिन्न विद्यालयहरुमा पनि सांगीतिक कार्यक्रम गर्दै मनाइरहदा बालबालिकाको सुरक्षा र अधिकारको लागि प्रमुख व्यक्तिहरुले जतिसुकै भाषण गरेता पनि अहिले हेर्ने हो भने उनीहरुको भाषणमै सिमित रहेको छ ।

शुक्रबार शिवसताक्षी १० टेक्रा स्थित दिपेन्द्र अधारभुत बिद्यालयले आयोजना गरिएको राष्ट्रिय बाल दिवस २०८०लाइ सम्बोधन गर्दै, विभिन्न बक्ताहरुले कलिला बालिकामाथि हुने यौनजन्य हिंसा मनसिक तनाबबाट बचाउन अभिभावक हरु सजक हुनु पर्ने बताएका छ्न ।

उक्त कार्यक्रममा प्रतियोगितात्मक नृत्य ,लघु नाट्क,हिसब दौड,अभिभावकहरुको लागि म्युजिकल चियर र आमा समूह द्वारा तिज मिलन कार्यक्रम गरिएको थियो । बालदिवसको अवसरमा आयोजित नृत्य प्रतियोगितमा कक्षा १देखि ४सम्मका बिध्य्यर्थी हरुमा मन्जिला कुमाल प्रथम भइन भने गरिमा उप्रेती र अनु राई क्रमशः दोस्रो र तेस्रो भएका थिए । त्यसै गरि कक्षा ५देखि ८सम्मका बिध्यार्थी हरुले प्रस्तुतगरेको नृत्यमा क्रमशः सरु तामाङ्ग, चेतनमाया पन्दाक र सुनिता बह्रकोटी प्रथम, दितिय र तृतीय घोषित भएक थिए । उनिहरुलाइ शैक्षिक समाग्री दिएर पुरस्कृत गरिएको थियो । त्यस्तै शिक्षक प्रबिना भेट्वल द्वारा लेखन निर्देशन गरिएको लघु नाटक लागुऔषधले उजाडिएको परिवार मन्चन गरिएको थियो । पाथिभरा बाल क्लबकी अध्यक्ष लिस्टिना सावा लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष कुमारसिह सावा लिम्बुको प्रमुख अतिथ्यतामा भएको थियो ।

त्यसै गरि शिवसताक्षी नारको ३५वटै सामुदायिक बिद्यालय र निजि बिध्यलयमा पनि धुमधामका साथ बाल दिवस मनाएका छ्न । सोही क्रममा शिबसताक्षी ७फाक्तेप स्थित बालसेवा आधारभुत बिध्यलयले पनि विभिन्न प्रतियोगितात्मक खेलकुद तथा नृत्य सहित हरितालिका तिज बिशेश कार्यक्रम गरेर बाल दिवस मनाएको छ । उनिहरुलाइ शैक्षिक सामग्री दिएर पुरस्कृत गरिएको बिद्यलयका प्र अ बेनु प्रसाद कार्कीले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here