मिस्टर एण्ड मिस बिश्वकर्मा पूर्वाञ्चल बने निर्जला र दिपन

0
407

बिर्तामोड । प्रदेश स्तरीय मिस्टर एण्ड मिस बिश्वकर्मा पुर्वान्चलको उपाधी क्रमस निर्जला सिन्चिउरी र दिपन रसाइलीले जितेका छ्न !

शुक्रबार बिर्तामोड स्थित साइ पाटी प्यालेसको सभाहलमा आयोजित ग्राण्ड फिनालेबाट सिन्चिउरी र रसाइलीले उपाधी जितेका हुन ।उनिहरुले उपाधी सङ्गै नगद ५०/५० हजार र आकर्षक गिफ्ट ह्यम्पर प्राप्त गरे । तस्तै मिस बिस्वकर्मा फर्स्ट रनर अप र सेकेन्ड रनरअप क्रमस दीक्षा बिस्वकर्मा र आशिका लोहार घोषित भए ।त्यसैगरि मिस्टर बिस्वकर्मा फस्ट रनर अप र सेकेन्ड रनर अप क्रमश सफल बिस्वकर्मा र शक्ति सिन्चिउरी घोषित भए ।घोषित सबैले ट्रफी र गिफ्ट हम्परमा चित्त बुझाए ।


ग्रण्ड फिनालेमा १५ महिला र ८पुरुष गरि जम्मा २३जनको सहभागिता रहेको थियो ।

उनिहरुले सास्कृतिक पहिरनमा ओपनिङ्ग नृत्य प्रस्तुत गरि उपस्थित दर्शक तथा अथितिहरुलाइ स्वागत गरेका थिए । विभिन्न पहिरन लगाई क्याट वक सहित अ आफ्नो ट्यालेन्ट प्रस्तुत गरि दर्शक, अथिती गण तथा निर्णायक मण्डललाई मनोरञ्जन सहित सबैको ध्यान केन्दृत बनाएका थिए ।

भोटिङ्ग तथा निर्णायकहरुको छ्नौट बाट बिजेता बनेका प्रतिस्पर्धिहरुले निर्णायकले सोधेको प्रस्नको उत्कृस्ट जवाफ दिएर बिजेता बनेका हुन । ग्रण्ड फिनलेका जर्जहरुमा मिसेज पुर्वाअन्चल 2018को सेकेन्ड रनर अप, निरा शंकर , मिस युनिभर्स फाइनलिस्ट दीक्षा खाती फेसन डिजाइनर ज्वलाराज पोखरेल, फेसन डिजाइनर तथा चित्वन फेसन अफ स्कुलका प्रबन्ध निर्देशक रोहित चौधरी , म्युजीक भिडियो डाइरेक्टर रोहित सुमन, तथा टेलिभिजन प्रस्तोता रश्मि थापा रहेका थिए ।
सोही अवसरमा मेरो भोइस युनिभर्स का फाइनलिस्ट साइराज खातीको बेजोड प्रस्तुती समेत रहेको कार्यक्रम सुक्रबार साझ करिब ६:३०बजे बाट सुरु भइ करिब ११:३० बजे सप्पन्न भएको थियो ।ग्राण्ड फिनालेको उद्द्घाटन प्रतिनिधि सभा सदस्य माननीय हर्कमाया बिस्वकर्माले गर्नु भयो ।उहाल्ले उद्घाटन कार्यक्रमलाइ सम्बोधन गर्दै यश कार्यक्रमले बिस्वकर्मा समुदायको युवा युवतिहरुको क्षमता अभिबृद्दी गर्न टेवा पुगेको बताउनु भयो । उहाँले  भन्नू भयो यस्ता कार्यक्रम राष्ट्रिय स्तरबाट गर्नु पर्ने र यस्का लागि सबै बिस्वकर्मा समुदायको सहयोग हुनुपर्ने बताउनु भयो ।

को हुन त मिस बिस्वकर्मा पुर्वन्चल
झापा शिवसताक्षी ११दुधेमा २०बर्ष अघि बुबा जितबहदुर र आमा कल्पना सिन्चेउरीको कोखबाट जन्मिएकी हुन निर्जला सिन्चिउरी , बाल्यकाल देखि नै चन्चले स्वभाव र तृस्ण छमाता भएकी उनी बिधालयका हरेक सास्कृत्क कर्यक्रमममा सहभगी भइ नृत्य कला प्रस्तुति गर्न नलजाउने निर्जला नृत्य क्षेत्रमा पोख्त रहेकी छिन । युनिक मल्टिपल कलेज सुरुङ्गामा बिबिएस पहिलो बर्षमा अध्यान्रत निर्जलाको गत बर्ष इलामको सुर्योदय नगरपालीकामा आयोजित मिस सुर्योदय प्रतियोगितामा सेकेण्ड रनर अप भएको अनुभव छ ।यहि अनिभब लाई निखार्दै उनी मिस बिश्वकर्मा पुर्वान्चलको बिजेता बन्न सेकेको उनको भनाइ छ । त्यस्तै मिस्टर बिस्वकर्मा पुर्वन्चल बिजेता दिपन रसाइली इलाम चुलाचुली ५ बुकुवाका युवा हुन । त्यसैगरी टप मोडल,बेस्ट पपुलर,बेस्ट क्यट् वक, द राइजिङ स्टार,लगयत बिदाहरुमा पनि पुरस्कार बितरण गरिएको थियो ।

बि ब्रोस इन्टरटेन्मेण्ट्को आयोजनामा बिस्वकर्मा समुदायका युवहरुको प्रतिभालाइ प्रस्फुटन गराउनको लागि यश प्लेट्फर्म उपलब्ध गरएको आयोजकका चियर मेन सन्जय बिस्वकर्माले जानकारी दिए ।उनका अनुसर यस्तो प्रतिभा ७वटै प्रदेशमा गरिने बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here