प्रथम दमक उद्योग वाणिज्य संघ कप फुटसल प्रतियोगिताको तयारी पूरा

0
205

दमक/ दमक उद्योग वाणिज्य संघको ३३ औं बार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको प्रथम दमक उद्योग वाणिज्य संघ कप फुटसल प्रतियोगिताको तयारी पूरा भएको छ ।

फुटसल प्रतियोगिता तयारी समितिले संघद्धारा आज (मंगलबार ) आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारीसँगै खेल तालिका सार्वजनिक गरेको हो ।

समितिका संयोजक तुलसीराम तिम्सिनाले भाद्र ६ गते बुधबार दमक ५ स्थित विस्ट फुटसल मैदानमा सञ्चालन हुने सो प्रतियोगितामा संघ अन्तर्गतका ८ वटा बस्तुगत संघका टीमले सहभागिता जनाउने निश्चित भएको जानकारी दिए ।

उनका अनुसार सो अन्तर बस्तुगत संघ फुटसल प्रतियोगितामा ८ वटा बस्तुगत संघ प्रतिनिधि, संघका पदाधिकारी, व्यवसायीहरुको रोहबरमा गोलाप्रथाद्वारा खेल तालिका निर्धारण गरिएको हो ।

व्यवसायीहरुको छाता संगठन दमक उद्योग वाणिज्य संघले बार्षिकोत्सवका अवसरमा रचनात्मक कार्यक्रमहरु गर्ने र संघको बार्षिक साधारण सभा पुष भित्र गर्ने यसअघिको साधारण सभाको म्याण्डेड अनुसार यस पटक फुटसल प्रतियोगिता गर्न लागिएको आयोजक दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँले जानकारी दिए ।

फुटसल मैदानमा बिहान ७ बजे संघको बार्षिकोत्सव विशेष कार्यक्रम उदघाटनमा दमक नगर प्रमुख, उपप्रमुखसहित जनप्रतिनिधि एवं व्यवसायीहरु समेतको विशेष उपस्थिती रहनेछ भने अपरान्ह ३ बजेपछि हुने समापन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकूल श्रेष्ठको प्रमुख आतिथ्य रहने पत्रकार सम्मेलनमा जनाइयो ।

प्रतियोगिताको विजेता टिमले नगद १५ र उपविजेताले नगद १० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्न सक्ने जनाइएको छ । अन्य थप दुई विधामा समेत खेलाडी पुरस्कृत गरिने जनाइएको छ ।

पत्रकार सम्मेलनमा संघका प्रथम उपाध्यक्ष राजकुमार योङया, द्धितीय उपाध्यक्ष ज्ञाननाथ पौडेल, तृतीय उपाध्यक्ष रुवल अधिकारी, संघका कार्यालय प्रमुख निरज विष्ट लगायतको पनि उपस्थिती रहेको थियो ।

व्यवसायी नेताहरुले खेलकुदका माध्यमबाट व्यवसायीहरुको शारिरीक अभ्यासमा मद्धत पुग्नुका साथै मित्रताको भावना बिकास गराउन मद्धत पुग्ने अपेक्षा गरिएको बताएका छन ।

खेल तालिका 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here