दमकमा अन्तर बस्तुगत संघ फुटसल हुने

0
429

दमक, दमक उद्योग वाणिज्य संघको ३३ औ वार्षिकोत्सवको अवसरमा यहि भदौ ६ गते एक दिवसीय प्रथम दमक उद्योग बाणिज्य संघ कप -२०८० अन्तर बस्तुगत संघ फुटसल प्रतियोगिता हुने भएको छ।

दमक उद्योग वाणिज्य संघमा आवद्ध २८ वटा अन्तर वस्तुगत संघहरुको सहभागितामा फुटसल प्रतियोगिता हुनेभएको खेल संयोजक तुलसी तिमिल्सनाले बताए ।

उनका अनुसार प्रतियोगितामा खेल्नका लागि संघको सदस्य अनिवार्य हुनु पर्ने छ। प्रतियोगितामा प्रथम हुनेले रु १५ हजार नगद ट्रफी मेडल र प्रमाण पत्र साथै दोस्रो हुनेले नगद रु,१० हजार ,ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

त्यसैगरि, विभिन्न विधागत तर्फपनि नगद ट्रफी मेडल प्रमाणपत्रको व्यवस्था गरिएको छ।खेल दमक -५ स्थित वेष्ट फूटसलको खेल मैदान बिहान ७ बजे देखि खेल हुने प्रतियोगिताका खेल संयोजक तिमिल्सिनाले जानकारी दिए।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here