पत्रकार गोविन ल्वागुन पुरस्कृत

0
214

झिलभिले,  समाजवादी प्रेष संगठन झापाका सहसचिव तथा शिबसताक्षी नगरका सक्रिय पत्रकार गोविन ल्वागुन नगदसहित पुरस्कृत भएका छन् । झापाको झिलझिलेबाट प्रकाशित सतासी साप्ताहिकको १३औं वाषिकोत्सवको अवसर पारेर पूर्वको प्रसिद्ध धार्मीक तथा पर्यटकीयस्थल सताक्षीधाममा पत्रकार ल्वागुन पुरस्कृत भएका हुन् ।

पुरुस्कृत ल्वागुनलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका शिबसताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ थोप्रा, पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी र सतासी साप्ताहिकका अध्यक्ष योगेन लावोतीले संयुक्त रुपमा सम्मान गरेका थिए । पत्रकार ल्वागुनले सतासी साप्ताहिक पत्रिकाको सम्पादन र प्रकाशनमा विशेष योगदान पुर्याएको भन्दै नगद रुपैया १० हजार ५५ सहित दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गरिएको थियो ।

पुरुस्कृत पत्रकार गोविन ल्वागुन शिबसताक्षी–७ फाक्तेपस्थित सिमाना चौक निवासी हुन् । उनी स्थानीय बालसेवा आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र सताक्षी प्रेष क्लब शिबसताक्षीका उपाध्यक्ष हुन् ।

एक छोरी, एक छोरा र श्रीमती सम्झानासहित पारिवारिक जीवन बिताइरहेका पत्रकार ल्वागुन सतासी साप्ताहिक पत्रिकासंगै हाम्रोसरोकार अनलाईन पत्रिका, प्रदेश आवाज डटकममा कार्यरत छन् । यसअघि उनी दमकस्थित हिमशिखर टेलिभिजनमा लामो समय काम गरेका अनुभव छ ।

सतासी साप्ताहिक पत्रिकाका अध्यक्ष योगेन लावोतीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा शिबसताक्षीका नगर प्रमुख मेघाहाङ थोप्राको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका सदस्य सुरेन्द्र भण्डारी, पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष केशब भट्टराई, सचिव डिकेश लामा, शिबसताक्षी–११ का वडा अध्यक्ष बहादुर आङ्बो, सतासी साप्ताहिक पत्रिकाका प्रदान सम्पादक प्रेम याम्फु राई, समाजवादी प्रेष संगठन झापाका अध्यक्ष तथा सतासी साप्ताहिक पत्रिकाका पूर्व सम्पादक अनिलदेब राई, साहित्यकार कृष्ण बराल, शुलभ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बचन राई, व्यवस्थापक गणेश श्रेष्ठ, चौतारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मिलन राई, पारिजात बहुदे्रश्यीय सहकारी संस्थाका व्यवस्थापक सागर थुलुङ राई, दुधेस्थित राष्ट्रिय रमरिर्णय आदर्श माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा युवा नेता महेन्द्र भट्टराई, युवा नेता अर्जुन चाम्लिङ राई, सामाजिक अगुवा नेत्र नेम्बाङ, जीएन नेयुङ लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वरिष्ठ गजलकार बिबश बलिभद्र कोइराला, कवि साङसेन पन्धाक, ज्योती भट्टराई, कवि विराट किराती, राम भेटुवाल, कवि एबम् पत्रकार सेलिङ केसी, निहाङ किराती लगायतले गीत, कविता, गजल र रुवाई बाचन गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here