सुनचाँदी ब्यबसायी संघ शिवसताक्षी द्वारा धारा निर्माण

0
205

शिवसताक्षी । सताक्षीधाम रमिते सेल्फी डाडामा सुनचाँदी ब्यबसायी संघ शिवसताक्षी नगर समितिले पक्की खानेपानीको धारा निर्माण गरेको छ ।

आगान्तुक आन्तरिक तथा बाहिय पर्यटकहरुको लागि तिर्खा मेट्न र स्थानिय ब्यबसायीहरुलाई प्रयोग गर्न सहज होस भन्ने हेतुले खाने पानीको धारा निर्माण गरिएको संघका उपाध्यक्ष रोमन लाम्गादेले बताए । यस धारा निर्माणको लागि १०हजार बडि खर्च भएको संघका सचीव हरिशन्कर सिलवालले जानकारी दिए । नगरकै पर्यटन हबको रुपमा बिकास भैइ रहेको रमिते सेल्फी डाडामा केही टेवा पुगोस भनेर सामाजिक उत्तरदायी बहन गर्दै धारा निर्माण गरिएको र आगमी दिनमा पनि सहकार्य गर्ने अध्यक्ष टेकबहादुर सिन्चिउरीको भनाई छ ।

सन्चारकर्मी डाइमण्ड कार्की द्वारा निर्माण भैरहेको उक्त रमिते सेल्फी डाडामा पर्यटकहरू विश्राम गर्नको लागि हाल दाताहरुको सहयोगमा विभिन्न डिजाइनको फलाइचा निर्मण सम्पन्न गरि रङ्ग रोगनको कार्य पनि सकिएको छ । झिलझिले बजारबाट करिब ४किलोमिटर उत्तर तर्फ अवस्थित रतुवा माइ बृक्षरोपण आयोजनाको घना जङल भित्र रहेको चुरे पहाड्को मनोरम दृश्य समेत देखिने यश क्षेत्रमा अहिले अन्तरिक तथा बाहिय पर्यटक हरुको घुइचो लाग्ने गरेको छ । पर्यटनको उच्च सम्भावना रहेको यश क्षेत्रमा सखुवाको रुखमा रङ रोगन, र फलाइचा निर्माण र खानेपानीको धारा जडानले गर्दा स्थानिय ब्यबसयिहरुको समेत राम्रो ब्यपार भएको ब्यबसयी हरु को भनाइ छ । चुरे पाहाड्को काखमा रहेको पुर्वकै रमणीय एतिहासिक धार्मिक तथा पर्यटन क्षेत्र सताक्षीधाम नजिकै रहेको यस क्षेत्रमा चरम गर्मीको मौसम्मा यहाँ पुग्ने जो कोहि पनि सितल हावा र मनोरम दृश्यले सबैको मन लोभ्याउने गर्दछ ।करिब ४महिना अघि देखि यस क्षेत्रमा शृङ्गारको कार्य शुरु गरि हाल सम्म २किलो मिटर क्षेत्रमा सडकको दुबै तर्फको रुखमा रङरोगन गरिएको छ ,त्यस्तै १२वटा जति ठुला साना गरि फलैचा निर्मण गरिएको छ, त्यस्तै २ वटा खानेपानीको धारा निर्मण, विभिन्न प्रजातिका फलफुल तथा फुलका बिरुवाहरु रोपण गरिनुका साथै डस्बिन समेत रखिएको छ ।

अभियान्ता कार्कीको अनुसार यश अभियान निर्माणर्थ हाल सम्म स्वादेश तथा बिदेशमा कार्यरत नेपाली सहयोगी मन हरु बाट करिब ६ लाख बराबर नगद तथा जिन्सी समाग्री प्राप्त भएको जानकरी दिए । अहिले श्रावण महिना भएकोले सताक्षीधाम दर्शन गर्न प्रत्येक सोमबार दर्शनार्थीहरुको घुईचो लाग्ने भएकोले पनि भक्तजनहरु रमिते सेल्फी डाडामा पुग्ने गर्दछन । स्मरण रहोस अहिले सताक्षीधाम सम्मनै सडक कालोपत्रे भैसकेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here