दमक नगर इसाई समजको २८औं स्थापना दिवस तथा दोस्रो वार्षिक साधारणसभा सम्पन्न

0
118

दमक, दमक नगर इसाई समजको २८औं स्थापना दिवस तथा दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । दमक-९ चिया दोकान स्थित आशा मंडलीमा आज (सोमबार) सप्पन्न २८ औं स्थापना दिवस तथा वार्षिक साधारणसभाको अवसरमा आर्थिक बर्ष २०७९/०८० को आय-ब्ययको विवरण सहित अध्यक्षको प्रतिबेदन सार्वजनिक गरिएको थियोे । आय-ब्यय सार्वजनिकसगै दमक नगर इसाई समाजको आगामी आर्थिक बर्ष २०८०/०८१ का योजना र कार्यक्रम पेस गरिएको थियोे ।

इसाई समाजका अध्यक्ष पास्टर आकाश थुलुङ राईले प्रस्तुत गर्नु भएको प्रतिबेदन वार्षिक साधारणसभाले आवश्यक सुझावका साथ अनुमोदन गरिएको थियोे । सो क्रममा इसाई समाजका अध्यक्ष पास्टर थुलुङले दमकमा इसाई समाज स्थापना भएको २८ बर्ष भए पनि कानुनी दर्ता प्रक्रियाको कारण हाल दोस्रो वार्षिक साधारणसभा गरिएको जानकारी गराउनु भयो ।

दमक-१ का वार्ड अध्यक्ष हरि प्रसाद नेउपानेको प्रमुख आतिथ्यतामा आयोजना गरिएको स्थापना दिवस तथा वार्षिक साधारणसभाको अध्यक्षता दमक नगर इसाई समाजका अध्यक्ष पास्टर आकाश थुलुङ राईले गर्नुभएको थियोे ।

२८ औं स्थापना दिवस तथा दोस्रो वार्षिक साधारणसभामा प्रमुख बक्ताको रूपमा झापा जिल्ला इसाई समाजका अध्यक्ष तथा सुरुङा बत्तीस मंडलीका बरिस्ठ पास्टर अमर आले मगर हुनुहुन्थ्यो । त्यसैगरी, कार्यक्रममा दमक नगर इसाई समाजका पुर्ब अध्यक्ष, बर्तमन सल्लाहकार समितीका प्रमुख पास्टर राजकुमार नाछिरिङ राईले शुभकामना मन्तव्य राख्नु भएको थियो । सो अवसरमा सल्लाहकार पास्टर नाछिरिङले दमक नगर इसाई समाज स्थापना भएको २८ बर्ष पुगेको अवसरमा इसाई धर्मावलम्बीहरुलाई बधाई तथा शुभेच्छा व्यक्त गर्नु भएको थियोे ।

कार्यक्रममा दमकमा छरिएर रहेका ३२ वटा मंडली सहित अन्य तीन वटा सामाजिक सघ- सस्थालाई समेत प्रमाणपत्र वितरण गरिएको थियोे ।

सोही कार्यक्रमबीच दमकमा रहेका ३२ वटा मंडलीहरुबाट सहभागीहरुले इसाई धर्मशास्त्रका आधारमा प्रार्थना गरि मनोरञ्जनात्मक प्रस्तुति प्रदर्सन गरिएको थियोे । कलाकार सृष्टि सहित साथीहरूले कार्यक्रममा आकर्षक नृत्य प्रस्तुत गरेर सहभागीहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।

दमक नगर इसाई समाजका सचिब पास्टर अजय पाठकले सन्चालन गर्नु भएको कार्यक्रममा उपाध्यक्ष पास्टर हेमन्त सुब्बाले स्वागत मन्तव्य राख्नु भएको थियोे ।

कार्यक्रमको अन्त्यमा दमक नगर इसाई समाजको तर्फबाट धन्यवाद मन्तव्य सहित दमकमा इसाई समाजले विभिन्न मितिमा आयोजना गरेका कार्यक्रमहरु र सामाजिक गतिविधिबारे प्रष्ट पार्नु भएको थियोे । वहाँले दमकमा ४४ औं पटक रक्तदान गरेर होस या दमकको सरसफाइ, लागू औषध तथा दुर्ब्यसन नियन्त्रण सम्बन्धिका कामहरु सहित भुकम्प, आगलागी, हैजारोगबाट बचाउन गरिएका कामहरुको चर्चा गर्नु भएको थियोे ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here