दमकमा रोपाना वेलनेस सेन्टर सञ्चालनमा

0
288

दमक/ मांसपेशी दुखाईका समस्याहरुको निदानका लागि विभिन्न थेरापी (स्पा) विधिबाट उपचार तथा परामर्श सेवा दिने उद्धेश्यले दमकमा रोपाना वेलनेस सेन्टर सञ्चालनमा आएको छ ।

थाना रोडमा हाडजोर्नी तथा नशा रोग सम्बन्धी डा. अनुप पोखरेल, फिजियोथेरापीस्ट विनोद भट्टराई र शम्भु निरौलासहितको टिमले यो सेन्टर सञ्चालनमा ल्याएको हो । दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँले सो सेन्टरको १ साउनमा औपचारिक उदघाटन गरेका छन ।

सेन्टरमा एकैपटक ७ जना सम्मले विभिन्न प्रकारका थेरापी विधिबाट मांसपेशीहरुको दुखाई, नसा च्यापिएको, ढाड दुखाई लगायतका समस्याहरुबारे उपचार तथा आवश्यक परामर्श सेवा प्रदान गर्न सकिने सञ्चालक समेत रहेका फिजियोथेरापिष्ट भट्टराईले जानकारी दिए ।

सो सेन्टरमा मसाज थेरापी, कपिङ थेरापी, पञ्चकर्म, फिस थेरापी लगायतका विभिन्न प्रकारका थेरापीहरुको विधिबाट सामान्य अवस्थाका जो कोहीले पनि शारिरीक तन्दुरुस्ती र स्वस्थ रहनका लागि यसलाई उपयोग गर्न सक्ने भट्टराईले बताए ।

 

भारतको बैंग्लोरमा फिजियोथेरापी सम्बन्धी पाँच बर्षे ब्याचलर्स कोर्ष गरेर सो बिषयमा दुई बर्षे स्नाकोत्तर समेत हासिल गरेका भट्टराईले पछिल्लो समय स्पा अर्थात मसाज विधिबाट नशा सम्बन्धिका धेरै पुराना समस्याहरुको समेत उपचार गरी निदान गर्न थालिएकोले यहाँको आवश्यकतालाई मध्यनजर गरेर यो सेन्टर सञ्चालनमा ल्याइएको बताए ।
स्पा विधिबाट साधारण अवस्थामा रहेका शारिरीक र मानसिक समस्याहरुको समेत हल गर्न मद्धत पुग्ने बताइएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here