‘रोटरीले समाजमा चाहिने मात्र सेवा पुरयाँउने छ ‘ एसिस्टेन्ट गर्भनर सन्दिप चापागाई

0
151

दमक । रोटरी क्लव वर्ष (सन् २०२३ –०२४ ) का एसिस्टेन्ट गर्भनर सन्दिप चापागाई (दिपु ) ले रोटरी अभियानलाई सार्थक बनाउन आफूले काम गर्ने बताएका छन् । झापाको मेचीनगर, काकड्भिट्टा, कन्काईको रोटरी क्लव अफ सुरुङा र रोटरी क्लव अफ बिर्तामोड मिडटाउनलाई हेर्ने जिम्मेवारी पाएका उनले यसवर्ष रोटरी इन्टरनेशनलले लक्ष्य लिएको उद्देश्य पूरा गर्न सक्रिय रहने उल्लेख गरे।रोटरीको यो वर्ष ‘संसार भरि आशाको निर्माण गर्नु’ भन्ने नारा छ ।

रोटरी क्लव अफ दमकको वर्ष (२०१९ –२०) का अध्यक्ष लगायतका विभिन्न जिम्मेवारी सम्हालिसकेका उनले रोटरी क्लवहरुको समन्वयमा काम गर्ने बताउदै त्यसका लागि रोटरी सदस्य मात्र नभएर हरेक नागरिकको भूमिका खाँचो भएको सुनाए ।

विहिबार दमकमा सञ्चारकर्मीहरुसंगको भेटघाट कार्यक्रममा चापागाईले रोटरीको सात सिद्धान्तसंगै समाज बदल्न विभिन्न कार्यक्रमहरु गरिने जानकारी दिए । उनका अनुसार रोटरी क्लवहरुले मानसिक स्वास्थ्य तथा कोभिड पछि समुदायलाई जागृत गराउने विभिन्न गतिविधिहरु सञ्चालन गरिने छ । समाजलाई बदल्न नै रोटरी लाग्ने उनको भनाई छ ।

उनले भने,–‘ रोटरीले समाजमा चाहिने मात्र सेवा पुरयाँउने छ ’डिस्ट्रिक ३२९२ अन्तर्गत भुटानका एकसहित देशभरि १५४ वटा रोटरी क्लवहरु सञ्चालित छन् । कोशी प्रदेशमा उनीसहित ५ जना एसिस्टेन्ट गर्भनर मनोनित भएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here