Sunday, May 28, 2023
Homeसमाचारदमक खबरविवेकशील साझाका नगर संयोजक भण्डारी सहित ३९ जना राप्रपा प्रवेश

विवेकशील साझाका नगर संयोजक भण्डारी सहित ३९ जना राप्रपा प्रवेश

झापाको दमकमा विवेकशील साझा पार्टीको नगर समितिका पदाधिकारी सहित ३९ जना राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् ।

दमक नजिकैको इलाम जिल्लामा पर्ने चपेटीमा भएको राष्ट्रिय प्रजतान्त्रिक उद्योग वाणिज्य संगठन दमक नगर समिति भेला तथा पार्टी प्रवेश कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमा विबेक शिल साझा दमक नगर संयोजक रेवत भण्डारी, झापा जिल्ला सह संयोजक जय (जे) बिमली, पूर्व वडा सदस्य तथा गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्र बाट दमक वडा नं २ को अध्यक्षका उम्मेदवार राजु धिमाल, माओवादी प्रदेश सदस्य टंक ढकाल सहित विभिन्न पार्टी परित्याग गरी ३९ जना राप्रपामा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्ने सबै लाई राप्रपा अध्यक्ष लिङ्देन, राप्रपाका महामन्त्री धवल सम्शेर राणा, राप्रप्रा प्रदेश १ अध्यक्ष राम थापाले अबिर र खादाले नव आगन्तुकलाई पार्टीमा स्वागत गरेका थिए ।

सोही भेलाले राष्ट्रिय प्रजतान्त्रिक उद्योग वाणिज्य संगठन दमक नगर समिति समेत चयन गरेको छ । समिति को संयोजकमा दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु खड्का रहेका छन् । समितिको सदस्यमा राजकुमार योङया, तुल्सीराम तिम्सिना, सुष्मा निरौला, पदम राउत, नवीन अग्रवाल,विवेक श्रेष्ठ, कमल कटवाल, बुद्धि सागर बराल, नेत्र चम्लागांई, रेवत भण्डारी, जय बिमली, युवराज दंगाल, मेघराज फुयाल, छवि बास्कोटा, रञ्जित साह, तिलक डाँगी, शेखर खड्का रेवत बस्नेत लगायत २५ सदस्य रहेका छन् । समितिलाई चाँडै पूर्णता दिने संयोजक खड्काले बताएका छन् ।

 उक्त कार्यक्रममा राप्रपाका झापा जिल्ला अध्यक्ष केशव ओझा, राप्रपा वाणिज्य विभाग प्रमुख लक्ष्मी संग्रौला, प्रदेश  सभा सदस्य अमर बिष्ट, क्षेत्रिय अध्यक्ष भीम पौडेल, राप्रपा नगर अध्यक्ष हेम सुवेदी, डा.सूर्यनारायण साह लगायत  उलेख्य कार्यकर्ताको उपस्थित रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments