जङ्गे किल्ला रोयल इन्फिल्डस् पाँचौं वर्षमा प्रवेश

0
311

दमकमा रहेको जङ्गे किल्ला रोयल इन्फिल्डस्ले आफ्नो चौथो वार्षिक उत्सव दमकको पर्यटकिय स्थल इन्द्रेणी तालमा मनाएको छ ।

समूहले शुक्रबार दमक चौक बाट इन्द्रेणी ताल सम्मको छोटो यात्रा गरी केक काटेर आफ्नो चौथो वार्षीक उत्सव मनाएको छ । वार्षिकको उत्सव अवसरमा जङ्गे किल्ला रोयल इन्फिल्डस्ले दमकमा रहेर विभिन्न क्षेत्रमा काम गरिरहेका तीन जनालाई सम्मान गरेको छ । सम्मानित हुनेमा झापा मोडल अङ्ग्रेजी स्कूलका प्रिन्सिपल सागर श्रेष्ठ , सिङ्गापुर आर्मीबाट अवकाश भई हाल गोर्खा कम्ब्याक्ट्टका प्रबन्ध निर्देशक रबिन राई, इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवानन्द मिश्र लाई समूहले सम्मान गरेको हो ।

दमकका रोयल इन्फिल्ड (बुलेट) बाइक कुदाउने १० जना युवाहरू मिलेर जङ्गे किल्ला रोयल इन्फिल्डस्  समुह निर्माण गरेका थिए । हाल यो समूहमा ८० बढी सदस्य आबद्ध छन् ।   जङ्गे किल्ला रोयल इन्फिल्डस् आपसी सद्भाव, सहिष्णुता, भाईचारा सहित विभिन्न सामाजिक कार्यक्रम गर्ने उद्देश्यका साथ समुहको स्थापना गरीएको जंगे किल्ला रोयल इन्फिल्डस्का योगेश सुब्बाले बताए । उनले भने आउने ५ औं वार्षिक उत्सवमा दमकमा विभिन्न स्थानका राइडर्स लाई बोलाएर राइडर्स मिट गर्ने योजना गरेका छौं । जसले गर्दा दमकका विभिन्न क्षेत्रको राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पर्यटन प्रबंधनमा टेवा पुग्ने छ ।

जङ्गे किल्ला रोयल इन्फिल्डस्ले बिभिन्न समयमा विभिन्न स्थानमा हुने राइड र राइडर मिटमा सक्रिय रूपमा सहभागिता जनाउँदै आएको छ । जङ्गे किल्लाले समुहमा मिलेर बिभिन्न स्थानको भ्रमण गरी उक्त स्थान लाई पर्यटन संग जोड्न प्रचार गर्ने, आर्थिक अवस्था कमजोर भएकालाई उपचारका लागि आर्थिक सहयोग, सामुदायिक स्कूलका विद्यार्थी लाई झोला, जुत्ता, सडकमा रहेको बेवारिसे कुकुर लाई खाना खुवाउने जस्ता सामाजिक काम गर्दै आएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here