बालसेवा आधरभुत विद्यालयका बिध्यार्थी दीक्षित

0
271

झापा / झापाको शिबसताक्षी–७ फाक्तेप स्थित बालसेवा आधरभुत विद्यालयको २८ जना स्काउट बिध्यार्थी दीक्षित भएका छ्न ।आज बिधालयको प्राङ्गड्मा आयोजित बालसेवा स्काउट ट्रुप दीक्षान्त समारोहमा उनिहरुलाइ दीक्षित गरिएको हो ।

विद्यालयका प्रधानध्यापक बेनुप्रसाद कार्किको अध्यक्षता तथा नगर उपप्रमुख नरमाया कार्कीको प्रमुख आतिथ्यतामा स्काउट दीक्षान्त समारोह सम्पन्न भएको हो । विद्यालयका स्काउटर शिक्षक सन्तोष खत्रीका अनुसार ३२ जना विद्यार्थीहरु दीक्षित भएका छन् । उनले भने–सातामा प्रत्येक शुक्रबार गरी २४ सातासम्म आयोजित तालिममा सहभागि भएपछि उनीहरुलाई दीक्षित गराइएको हो ।

सो कार्यक्रममा प्रमुख अतिथि समेत रहेकी नगर उपप्रमुख कार्कीले स्काउट एक अनुशासित, मर्यादित र चरित्रवान् व्यक्ति उत्पादन गर्ने सामाजिक संस्था भएकोले सबै दिक्षीत बिद्यार्थीहरु मर्यदित भएर लाग्न अनुरोध गरिन । उनले भनिन नेपालको प्रजातन्त्रको उदयपछि देशभर शैक्षिक जागरणका निम्ति स्काउटको स्थापना भएको र त्यस मार्फत जागरणका अभियानले प्रभावकारी काम गरेको समेत बताउदै आगमी बजेट्मा स्काउट्को लागि पनि नगरको तर्फबाट आर्थिक सहयोग गर्ने आस्वशन दिइन ।

२००९ सालमा गठित स्काउट विगतमा सिमित क्षेत्रमा क्रियाशील भए पनि देशैभरी सक्रिय बनाउने उद्देश्यले सबै पालिका मार्फत सञ्चालन हुने गरी व्यवस्था भएको शिवसताक्षी स्काउट सम्योजक डिगम पराजुलीले जानकारी दिए । उनले भने नगरपालीकाले स्काउट गतिबिधी सन्चालन गर्न बजेट बिनियोजन गर्न अग्रह गरे ।

उक्त बिधयलयका स्काउट सम्रक्षक तथा प्र अ बेनु प्रसाद कार्कीले बताए अनुसार स्काउटिङले शैक्षिक गतिविधि र्माफत विधार्थीहरूलाई देशभक्त र वफदार बनाउदै लैजाने बताए । उनले स्काउट मार्फत राष्ट्रिय दल ,धर्म र जातजाति आदि विभेदबाट टाढा रहेर शैक्षिक आन्दोलन गर्ने शक्ति भएको बताए ।

कार्यक्रममा झिलझिले माध्यमिक बिधयलयका बिध्यल्य ब्यबस्थापन समितिका अध्यक्ष पर्शुराम ढुङ्गना,बालसेवा आ बि का सल्लाहकार सम्योजक जीतेन्द्रराज चेम्जोङ्ग, उक्त बिध्यलयका बिध्यलय ब्यबस्थापन समितिका अध्यक्ष गोबिन ल्वागुन लगयतले शुभकामना मन्तव्य बोल्नु भएको थियो। स्काउटर तथा सहायक राष्ट्रिय प्रशिक्षक नारायण श्रेष्ठ, वाडा सदस्य पुजा नेपाली,इन्दिरा श्रेष्ठ बिधयलयका बि ब्य स सदस्री प्रेम रोक्का लगयत सरोकारवाला ब्यक्ति शिक्षक ,बिध्यर्थीहरुको सहभागिता रहेको कार्यक्रमको सन्चालन स्काउट शिक्षक सन्तोष खत्रीले गरेका थिए ।

२०३०सालमा स्थापना भएको यश बिध्यालयमा हाल कक्षा नर्सरी देखि कक्षा आठ सम्म अंग्रेज़ी माध्यमबाट पठन पाठन भैइ रहेको छ भने नगरले नमुना बिध्यालयको रुपमा सुचिकृत गरेको जनाइएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here