महासंघको केन्द्रिय सदस्यका लागि गाेकुल श्रेष्ठ सिफारिस

0
326

काठमाण्डाै, नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा केन्द्रिय सदस्यकाे लागि दमकका गाेकुल श्रेष्ठ सिफारिस भएका छन् ।

दमक उद्योग वाणिज्य संघको तर्फबाट संघका निवर्तमान अध्यक्ष श्रेष्ठ महासंघको केन्द्रिय सदस्य पदका लागि सिफारिस भएका हुन। दमक  उद्योग वाणिज्य संघकाे  कार्यसमितिको आज बसेको बैठक बाट श्रेष्ठलाइ सर्वसम्मत सिफारिस गरेको हो।

यस अघि दमक उद्योग वाणिज्य संघको सिफारिसमा  अञ्चल प्रतिनिधि हुदै २०७० मा प्रकाश प्रसाइ केन्द्रिय सदस्य  भएका थिए ।

काे हुन्  गोकुल श्रेष्ठ

गोकुल श्रेष्ठ दमकका युवा व्यवसायी हुन् । २०६३ सालमा दमकमा व्यवसायको थालनी गरेका उनी औषधि, स्टेसनरी सामान लगायतको समेत सप्लाइ गर्ने गर्छन्। श्रेष्ठ हाल सुनचाँदी, लिकर्स व्यवसायको थोक तथा खुद्रा लगायत व्यवसाय सञ्चालन गरी रहेका छन् ।

२०६३ सालमा दमक उद्योग वाणिज्य संघको साधारण सदस्य लिएका श्रेष्ठ २०६७ सालको कार्यसमितिमा सदस्य पदमा विजयी भएका थिए । उनी २०७०–०७३ को कार्यसमितीमा प्रथम उपाध्यक्षमा रूपमा विजयी भएका थिए ।

२०७३ को कार्यसमितिका लागि पनि उनले अध्यक्ष पदमा उम्मेदवार दिए पनि पराजित हुन पुगेका थिए । सोही हारलाई जितमा बदल्न पुन  २०७६ अध्यक्ष पदमा उम्मेदवार बनेका उनि २०७६-२०७९ का लागि  बिजयी हासिल गरे उने कार्यबहाल सम्हालेकाे केहि समयमा  विश्वव्यापी रूपमा कोरोनाभाइरस सङ्क्रमणको महामारीले निकै समस्या सृजना गर्येा उक्त समयमा पनि ब्यापारीकाे सुरक्षाका लागि दिनरात नभनी खटिएका उनिले कोरोनाले  निम्त्याएको ‘लकडाउन’ मा स्थानिय सरकार संगकाे सहकार्यमा दमकमा ब्यपारीलाइ स्वास्थ्य सामाग्री बितरण गर्नुका साथै समय मिलाएर ब्यापार चलाउन ब्यवस्था मिलाउनमा समेत निकै महत्वपुर्ण भुमिका खेलेका थिए ।

 श्रेष्ठ व्यवसायीलाई व्यावसायिक संस्थामा बसेर मात्र होइन सामाजिक संघसंस्थामा रहेर पनि विभिन्न क्षेत्रका सहयोग र गरिरहेका छन् २०५० सालमा नेपाली कांग्रेसको सदस्यता लिएका श्रेष्ठले  पार्टीको भ्रातृ संगठन तरुण दलको क्षेत्रीय अध्यक्ष समेत भएर काम गरी सकेका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here