राष्ट्रिय स्तरको वक्तित्वकलामा, दमककी कृत्यज्ञता थापा विजयी

0
231

नेपाली सेनाद्वारा आयोजित वक्तित्व कला प्रतियोगितामा झापा दमककी कृत्यज्ञता थापा प्रथम भएकी छन् ।

सेना द्वारा आयोजित राष्ट्रिय स्तरको प्रतियोगितामा दमकको झापा मोडेलमा कक्षा १० मा अध्ययन गर्ने कृतज्ञता थापाले जुनियर र सिनियर डिभिजन ब्याच गरी ७७ जिल्लाका १५ हजार एनसीसी क्याडेटहरूमध्ये बाट उत्कृष्ट १२ हुँदै प्रथम स्थान हासिल गरेकी छन् ।

दोस्रो स्थान विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयकी जेसिका न्यौपाने र तृतीय आइडीयल मोडेल अंग्रेजी बोर्डिङ स्कूल, धरानका सम्पन्न सुवेदी भएका छन् ।

सेनाको मुख्यालयमा भएको प्रतियोगितामा विजेता लाई प्रधानसेनापति प्रभुराम शर्माले प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here