नगर प्रहरीको कामलाई प्रभावकारी बनाउन विद्युतीय साइकल

0
82

विराटनगर महानगरपालिकाले नगर प्रहरीको कामलाई थप प्रभावकारी बनाउन विद्युतीय साइकल वितरण गरेको छ ।

प्रारम्भमा तीन थान साइकल वितरण गरिए पनि पछि थप गर्दै जाने महानगरको योजना छ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित, उज्यालो र विकसित बनाउने अभियानमा लागेको महानगरले नगर प्रहरीको कामलाई थप जिम्मेवार बनाउन विद्युतीय साइकल वितरण गरेको हो ।

आज महानगर परिसरमा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा निराला कार्कीले महानगर प्रहरीका प्रमुख राजन पौडेलसहित नगर प्रहरीलाई विद्युतीय साइकलको साँचो हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा प्रमुख कोइरालाले महानगर प्रहरीलाई थप स्रोत साधनयुक्त बनाउने योजनाअनुसार विद्युतीय साइकल वितरण गरिएको बताउनुभयो । उहाँले नगरप्रहरीलाई जिम्मेवार भएर छिटो छरितोरूपमा काम गर्न निर्देशनसमेत दिनुभयो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here