नेपालमै पहिलो पटक सबैभन्दा धेरै पुरस्कार राशी भएको ‘मेरो भ्वाइस र मेरो डान्स युनिभर्स’ गायन र नृत्य प्रतियोगिता काे अडिसन दमकमा हुने भएकाे छ । नेपाल सहित बिभिन्न देशमा रहेका नेपालीहरुलाई समेत सहभागी गराएर हुन आटेको यो प्रतियोगीता नेपालकाे पहिलो हो ।
नेपालबाट अमेरिकामा गएका नेपालीहरुले स्थापना गरेको सस्था इन्ट्रा फाउण्डेशनले आयोजना गरेको यो प्रतियोगिताको प्रदेश १ स्तरिय अडीसन दमकमा यहि फागुन २० र २१ गते हुने भएकाे छ । दमकको सरस्वती माबिमा हुने अडिसनमा सहभागी हुन प्रतियाेगिले कुनै पनि शुल्क तिर्नु नपर्ने जनाइएकाे छ ।
यी दुवै शोका विजेताले एक–एक करोड पुरस्कार पाउनेछन् । यस्तै, दुवै रियालिटी शोको फष्ट रनरअपले ३०-३० लाख र सेकेण्ड रनरअपले २०-२० लाख पुरस्कार राशी प्राप्त गर्नेछन् ।
यसकालागि अहिले सम्म अमेरिका, क्यानाडा , बेल्जियम र यूएइमा अडिसन सम्पन्न भइसकेको छ भने भारतको सिलगुडि, थाइल्याण्ड र अष्ट्रेलियामा अडीसन हुँन बाँकी छ । भारतमा आगामी मार्च महिनाको १४ र १५ तारिखको अडिसन तोकिएको अायाेजक सस्थाले अाज दमकका पत्रकार सम्मेलन गरी जानकारी दिएकाे छ ।
सबै अडिसनबाट छनौट गरि १ सय २० जनालाई अन्तिम चरणमा लगिने छ । काठमाडौमा हुने अन्तिम चरणको प्रतियोगीतामा थप १२ सम्म निर्णायककाे निणर्यले प्रतियोगी छनौट हुने छन् । त्यसपछि भने एस एम एस तथा एप्लिकेशसन मार्फत जनताको मत मार्फत पनि प्रतियोगी छानीने आयोजकले पत्रकार सम्मेलनमा जनाएको छ ।
साथै ‘मेरो भ्वाइस र मेरो डान्स युनिभर्स’ ले नेपालको सस्कृती झल्कने सामुहिक नृत्यलाई पनि प्रतियोगीतामा समावेश गराउने जनाइएको छ । यसको बिजेताले भने नगद २० लाख, उपबिजेताले १५ लाख र तृतिय हुने समुहले ५ लाख प्राप्त गर्ने छ । यसकालागि कम्तिमा ४ जना सहभागी समुह प्रतियोगीतामा सहभागी हुन पाउने जनाइएकाे छ ।
यो प्रतियोगीता सम्पन्न गर्नकालागि कुनै पनि प्रायोजक खोजीएको छैन । सबै खर्च आयोजक सस्था र यसमा आवद्ध भएका सदस्यहरुबाटनै संकलन गरिने पत्रकार सम्मेलनका क्रममा बताइयो । पुरस्कारकै लागि ३ करोड ४० लाख खर्च हुने प्रतियोगीतामा कति खर्च हुन्छ भन्ने अनुमान आयोजकले गरिसकेको छैन ।
विषेश गरि विदेशमा बस्ने नेपालीहरुले नेपालको सस्कृती, कला र संस्कार नबिर्सिउन भन्न अभि प्रायले इन्ट्रा फाउण्डेशनले यस प्रकारकाे कार्यक्रम गर्दै आएको छ ।