प्रजातन्त्र दिवसमा, किसानलाई सम्मान

0
220

दमक/ नेपाली कांग्रेस दमक नगर समितिले ७३ औं प्रजातन्त्र दिवसको अवसरमा एक जना किसानलाई सम्मानसहित विचार गोष्ठी सम्पन्न गरेको छ ।

आइतवार कांग्रेस नगर समितिको कार्यालयमा आयोजित सो कार्यक्रमका वक्ताहरुले देशमा प्रजातन्त्र आएको ७ दशक बितिसक्दा पनि किसानहरुको अवस्थामा सुधार अउन नसकेकोप्रति चिन्ता व्यक्त गरे । उनीहरुले आम नागरिकदेखि राज्यका निकाय सम्मले किसानलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु आवश्यक रहेको औंल्याए ।

नेपाल किसान संघ जिल्ला समितिको संयोजनमा कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व सांसद महेन्द्र कुमारी लिम्बूले कांग्रेस पार्टी स्थापनाको आधार किसान नै भएकाले कांग्रेसले मात्रै किसानको हितमा काम गर्ने जोड दिईन् ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै किसान संघ झापाका सभापति राजेन्द्र भट्टराईले किसानहरुको उत्पादन गरेका कृषि उपजहरु बिक्रि नभएर बाटोमा फ्याक्नु पर्ने अवस्था रहेको भन्दै कृषिप्रधान मुलुकमा किसानहरुको बिजोग हालसम्म उस्तै रहनु दुखद भएको गुनासो गरे ।

कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाईंको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस प्रदेश १ कृषि तथा भुमिसुधार समितिकी संयोजक अन्जना राई, पार्टीका एक नम्बर प्रदेश समिति सदस्य समेत रहेका कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राई, प्रदेश सदस्य भुमी राई, प्रदेश सदस्य तथा किसान संघ सुनसरी सभापति केशब भट्टराई, प्रदेश सदस्य चन्द्रा खड्का भट्टराई, जिल्ला उपसभापति शेरबहादुर भट्टराई, क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, प्रदेश क्षेत्रीय सभापति रवि केसी न्यौपाने लगायतले प्रजातन्त्र दिवसको आवश्यकता औचत्य र किसानहरुका सन्दर्भमा भनाईहरु राखेका थिए ।

सो अवसरमा दमकका अगुवा कृषक भरत कुमार निरौलालाई प्रमुख अतिथी नेतृ लिम्बुसहित पार्टी नेताहरुले सम्मान गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here