Sunday, May 28, 2023
Homeप्रदेशसुन्दर समाजद्वारा सुर्योदयमा कपडा वितरण

सुन्दर समाजद्वारा सुर्योदयमा कपडा वितरण

सुन्दर समाज नेपाल नामक संस्थाले ईलामको चुलाचुली ३ सुकुना स्थित सूर्योदय आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । विद्यालयले उपलव्ध गराएको नामावलीका आधारमा ३० जना विद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो कपडाको सेट वितरण गरिएको संस्थाकी अध्यक्ष लक्की सिटौलाले जानकारी दिनुभयो ।

विद्यालयमा आयोजीत एक विशेस कार्यक्रमका विचमा ति कपडाहरु वितरण गरिएको हो । यस अघि समेत सो संस्थाले झापाको दमक तथा कमलका विभिन्न वस्ति र विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको थियो । यस्तै संस्थाले समुदायका विपन्न तथा समस्यामा परेका व्यक्तिहरुलाई विभिन्न सहयोग समेत उपलव्ध गराउँदै आएको संस्थाकी अध्यक्ष सिटौलाले बताउनु भएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments