बिभिन्न सस्था प्रमुखलाई दमक नगरपालिकाले गर्यो स्वागत

0
93

दमक नगरपालिकाले झापाका विभिन्न सरकारी कार्यालय प्रमुखहरु तथा नव निर्वाचीत दमक उद्योग वाणिज्य संघको कार्य समिति , साथी भाई समुहको समिति र दमकलाई कार्यक्षेत्र बनाएर काम गर्ने सञ्चारकर्मी लाई स्वगत तथा परिचयात्मक कार्यक्रम गरेको छ ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले सबैसंग मिलेर संस्थागत रुपमा समन्वय गरी नागरिकलाई सेवा दिने बताउनु भयो ।

गृह मन्त्रालयवाट सरुवा भई गत माघ १३ गते झापा आउनु भएका प्रजिअ पोखरेलले कार्यक्रममा बोल्दै नागरिकको सेवालाई सहज कायम गर्ने बताउनु भयो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै नगर उपप्रमुख रेगिना भटराई प्रसाईले जिल्लाका सबै संयन्त्र मिले जस्तो सुकै काम पनि सहज ढंगले गर्न सकिने बताउनु भयो ।

कार्यक्रमका अध्यक्ष तथा दमक नगर प्रमुख राम थापाले आफनो विभिन्न मतभेद भए पनि दमकको बिकासमा सबै एक हुने बताउनु भयो ।झापा भित्रका सरकारी निकायमा आउनु भएका नयाँ कार्यालय प्रमुखलाई स्वागत गरी नगरवासीका हरेक काम गर्न सजिलो होस भनेर उहाँहरुलाई स्वागत गरेको बताउनु भयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पोखरेल,जिल्ला प्रहरी कार्यालय झापा प्रहरी प्रमुख एसपी दुर्गा रेग्मी,राष्ट्रिय अनुसन्धान कार्यालय झापाका प्रमुख तुलसी प्रसाई ,सशस्त्र प्रहरी वल नेपाल नम्वर ३८ रिजर्व गण कमलका प्रमुख एसपी महेश केसी,इलाका प्रशासन कार्यालय दमकका प्रमुख महेश राज तिम्सिना र इलाका प्रहरी कार्यालय दमकको प्रमुख डिएसपी मनोज कुमार लामालाई सयपत्रीको माला लगाइ दिएर नगर प्रमुख थापाले स्वागत गर्नु भएको हो ।

सोही कार्यक्रममा गत माघ ६ गते भएको दमक उधोग वाणिज्य संघको निर्वाचनवाट नवनिर्वाचित अध्यक्ष गोपाल गुरागाईको कार्यसमिति र केही साता अघि भएको साथी भाई समुह दमकको निर्वाचनवाट नवनिर्वाचित अध्यक्ष गंगा सिटौलाको कार्य समितिलाई स्वागत गरेको थियो । कार्यक्रममा नगरपालिकाकै सामाजिक विकास समिति संयोजक शारदा सापकोटा,वाणिज्य संघका अध्यक्ष गुरागाई लगायतले बोल्नु भएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here