दमकमा फागुन ११ देखि हात्तिपाईले रोग विरुद्धको औषधि खुवाउने

0
128

दमकमा आगामी फागुन ११ गते देखि सञ्चालन गरिने हात्तिपाईले रोग विरुद्धको औषधि खुवाउने कार्यक्रमको तयारीका लागी आज नगरपालीकामा छलफल भएको छ । यस अघि पटक पटक अभियान सञ्चालन गर्दा पनि हात्तिपाईले उन्मुलन हुन नसकेकोले पुनः अभियान सञ्चालन गर्न लागिएको कार्यक्रममा जानकारी दिईएको छ ।

कार्यक्रमको अध्यक्षता गर्नु भएकी नगर उप प्रमुख रेगिना भट्टराईले यस पटकको अभियानलाई जसरी पनि सफल बनाएरै छाड्नु पर्ने बताउनु भयो । सचेत र जानकारी भएकै व्यक्तिले औषधि नखाईदिँदा समस्या भएको भन्दै उहाँले अनिवार्य सबैले औषधि सेवन गर्नै पर्ने बताउनु भयो । अभियान असफल भए विश्वको स्वास्थ्यमा नेपाल पछि पर्ने भएकोले सबै पक्षलाई अभियानमा जोडिएर हात्तिपाईले बिरुद्धको औषधि सेवनको अभियानलाई सफल बनाउनु आग्रह गर्नु भयो ।
कार्यक्रममा दमक नगर स्वास्थ्य अधिक्रित नगेन्द्र भट्टराईले ११ पटक सम्म औषधि सेवनको अभियान सञ्चालन गर्दा पनि कार्यक्रम असफल भएकोले पुनः औषधि सेवनको अभियान सञ्चालन गर्नु परेको बताउनु भयो । यो अभियानमा दुई बर्ष मुनिका बालबालीका, सात दिन भित्रका सुत्केरी महिला र अस्पताल भर्ना भएका बिरामी बाहेक सबैले औषधि सेवन गर्नु पर्ने उहाँले बताउनु भयो । हेलचेक्रयाईं गरेर औषधि सेवन नगरे आंग भंग सम्मका समस्या देखिने भन्दै उहाँले सबैले अनिवार्य औषधि सेवन गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा दमक नगरपालीका जनश्वास्थ्य निरिक्षक बद्रि बरालले औषधी सेवन गर्दा सामान्य असर देखिए त्यसलाई प्रभावकारी मानिने बतावउनु भयो । उहाँले औषधी सेवन गरेपछि सामान्य टाउको दुख्ने, पेट दुख्ने र वाकवाकी लाग्ने समस्या हुन सक्ने बताउनु भयो । यदि कुनै ब्यक्तिमा त्यस्तो लक्षण देखिए औषधी सेवनले प्रभावकारी काम गरेको मानिने भन्दै उहाँले त्यस्तो समस्या देखिए नआत्तिन आग्रह गर्नु भयो । उनले शरिरमा हात्तिपाइलेको किटाणु भए औषधीले काम गर्न थाल्दा र त्यस्तो समस्या देखिने बताउँदै त्यो समस्या केही समयपछि हराएर जाने बताउनु भयो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here