दमक उवासंघकाे अध्यक्षमा देवीप्रसाद गुरागाइँ (गोपाल) निर्वाचित

0
103

दमक / दमक उद्योग वाणिज्य संघमा लोकतान्त्रिक व्यवसायीहरुको प्यानलले जित हासिल गरेको छ । शुक्रबार सम्पन्न निर्वाचनमा कांग्रेसको नेतृत्वमा रहेको राप्रपा र जसपासहित माओवादी केन्द्रको विद्रोही समुहका व्यवसायीहरुको लोकतान्त्रिक प्यानलका अधिकांश उम्मेदवारहरु बिजयी भएका हुन ।

शनिबार बिहान ४ बजे सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार संघको अध्यक्षमा देवीप्रसाद गुरागाइँ (गोपाल)ले ९८५ मत ल्याएर बाजी मारेका छन । अध्यक्षका अर्का प्रत्यासी नेकपा एमाले सम्बद्ध र माओवादी केन्द्र सम्बद्ध प्रगतिशील व्यवसायीहरुको संयुक्त प्यानलका विमल खतिवडाले ६५१ मत ल्याएका छन । संघको वरिष्ठ उपाध्यक्षमा राजु खडका (८८२ मत) ल्याएर विजयी हुँदै गर्दा उनका प्रतिष्पर्धी प्रगतिशीलका राजन दंगालले ७१५ मत ल्याएका थिए । त्यसैगरी,प्रथम उपाध्यक्षमा लोकतान्त्रिकका राजकुमार योङयाले ८२९ मत ल्याएर बिजयी हुदाँ उनका प्रतिद्धन्दी प्रगतिशीलका भरत चम्लागाईले ७८३ मत पाए ।

यस्तै, द्वितिय उपाध्यक्षमा लोकतान्त्रिकका विजयी ज्ञाननाथ पौडेल (ज्ञानु )ले १००७ मतका साथ विजयी भए । सो पदमा प्रगतिशीलकी उम्मेदवार बिन्दु सिटौला(लक्की )ले ६०३ मत पाईन भने तृतीय उपाध्यक्षमा रुबल अधिकारीले ९६९ मत ल्याएर विजयी भए भने उनका प्रतिद्धन्दी प्रगतिशीलका असिम राईले ६३१ मत पाए । दुई सदस्य महिला सदस्यको कोटामा दुवै समूहले बरावरी जितेको छ । जसअनुसार प्रगतिशील समुहकी कविता अधिकारीले १०१२ र लोकतान्त्रिककी संगीता तुम्बापो ( १०६८ ) मतका साथ विजयी भईन् ।

खुल्ला छ जना सदस्यमा एक जना प्रगतिशीलका उम्मेदवार उमेश गजमेर , विजयी भए । खुल्ला सदस्यमा लोकतान्त्रिकका तर्फबाट टिकाराम खतिवडा (९३९), तुलसीराम तिम्सिना (९६९ ), कमल कटुवाल ( ८३९), सुवासचन्द्र गड्तौला (८४२ ) , र हेमसागर अधिकारी (९०४ ) मत ल्याउदै विजयी भए ।

यता लेखा समिति संयोजकमा लोकतान्त्रिककै नेत्र प्रसाद चम्लागाईले ९६५ मत प्राप्त गरि विजयी भए । उनका प्रतिष्पर्धी प्रगतिशीलका मुकुन्द आचार्यले ६७१ मत पाए । तीन सदस्यीय लेखामा अन्य दुई जना सदस्य भने निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै २२ सदस्यीय नयाँ कार्यसमितिमा संघको महिला उपाध्यक्षसहित ७ सदस्यीय बस्तुगत सदस्य तथा लेखा समिति सदस्यका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक लीला गुरागाईले बताए ।

महिला उपाध्यक्ष पदमा शुष्मा निरौला केसी ,बस्तुगततर्फ सदस्यतर्फ मोवाइलबाट भेनस श्रेष्ठ, रेडिमेडका संजीव बराल, सुनचाँदीका विवेक श्रेष्ठ, अटो मोबाइलका प्रकाश नेपाल, ग्याँसका तिलक डाँगी, भाडावर्तनकी अञ्जना ताम्राकार र किरानाका दिपक प्रसाद गौतम निर्वाचित भएका जनाइएको छ । ती मध्ये गौतम मात्र प्रगतिशील समुहका हुन् । यस्तै, तीन सदस्यीय लेखा समितिको सदस्यमा संयुक्त लोकतान्त्रिकका पदम राउत र प्रगतिशील समूहबाट षडानन्द घिमीरे निर्विरोध भएका थिए ।

शुक्रवार सम्पन्न मतदानमा संघमा आवद्ध कुल २ हजार १६ जना व्यवसायी मतदाता मध्ये १६ सय ८९ मत खसेको थियो ।
नयाँ नेतृत्वका लागि व्यवसायीले दलीय दुई वटा प्यानलनै बनाएर चुनावी मैदानमा उत्रिएका थिए ।

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here