बिमल खतिवडाको टीमले सार्वजनिक गर्यो यस्तो प्रतिवद्धता

0
424

दमक/ निर्वाचन लक्षित गरेर बिमल खतिवडाको टिमले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।

 माग ६ गते हुने दमक उद्योग वाणिज्य संघको निर्वाचनलाई लक्षित गरेर नेपाल उद्योग तथा व्यवसाय महासंघ नगर कमिटि, दमक, नेपाल उद्योग व्यापार महासंघ नगर कमिटि दमक  र संयुक्त चुनाव प्रचार प्रसार समितिको आयोजनामा बिमल खतिवडाको टीमले गर्ने  प्रतिबद्धताहरु मंगलबार एक कार्यक्रम गरेर सार्वजनिक गरिएको छ । जुन निम्न अनुसार रहेको छ ।

प्रतिबद्धता पत्र 

जनताको प्रतिनिधिद्वारा संविधान निर्माण पछि मुलुक तिन तहको सरकार गठन गरी दोस्रो कार्यकालको शुरूवाती अवस्थामा छ । ‘परिस्थितिमा व्यवसाय मैत्री कानुन निर्माण, निर्माण भएको कानुन प्रभावकारी कार्यान्वयन आफ्नो शहरलाई उद्योग र व्यवसायी मैत्री बनाउन उद्योग वाणिज्य संघको भूमिका निर्वाह गर्नुको साथै दमक नगरमा बन्दै गरेका र बन्न लागेका विकास निर्माणका योजनाहरूलाई सफल बनाउन यहि मिति २०७९ साल माघ ६ गते शुक्रबारका दिन हुन गईरहेको दमक उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार श्री बिमल खतिवडा सहितका उम्मेदवारहरूलाई विजय गराई सकेपछि उहाहरूको जिम्मेवारीका आधारमा दमकका उद्योगी व्यवासयीहरू विच गर्ने कामहरू यहाँहरू समक्ष प्रस्तुत गरेका छौं ।

हाम्रा प्रतिबद्धताः

१) दमक क्षेत्रलाई १ नं. प्रदेश भरिकै औधोगिक तथा व्यापारिक हबको रूपमा विकशित गर्ने दिर्घकालिन योजना तर्जुमा गरिने छ ।

२) घर तथा जमिन बहालमा लिएर उद्योग ब्यबसाय गर्ने उद्योगी ब्यबसायीहरूको समस्यालाई स्थायी रुपमा समाधान गर्नका निम्ति संघिय, प्रदेश र स्थानीय सरकारसंग व्यवसायी मैत्री, बहालकर, घरबेटी स्वयमले तिर्नेगरी कानून निर्माण गराई सहजरूपमा दीर्घकालिन व्यापारको निम्ति वातावरण बनाउन लगाइनेछ ।

3) सरकारद्वारा लागु गरिएको टर्नओभर बेस कर्जा, VCTS, PPAN, मिसम्याच लगायतका कर्ज

कर प्रणालीहरूलाई उद्योगी, ब्यापारी मैत्री बनाउन दबाबमूलक कार्यक्रम गरिने छ ।

४) दमक बजार क्षेत्रमा उद्योग, व्यापार र सडक सुरक्षा र सौदर्यकरणको निम्ति विज्ञापन लाईट बोर्ड, इम्बोस नम्बर समेत रिडिङ गर्न सक्ने गरिका २०० वटा अत्याधुनिक सिसीटिभी जडान गरिनेछ ।

५) स्थानीय व्यापारको विकास र पर्यटन प्रवर्द्धनका लागि औद्योगिक तथा कृषि महोत्सवको आयोजना गरिने छ ।

६) आधुनिक रूपमा व्यवसायको विकास, विस्तार र प्रवर्द्धन, कर, भ्याट सम्बधि ज्ञान लिन विभिन्न विशेषज्ञहरू बोलाई तालिम, गोष्टी तथा अन्तरकृया गरिने छ ।

७) स्थानीय स्तरबाट उत्पादित अर्गानिक खाद्य बस्तुहरुको बजारीकरणका लागि निर्माणाधिन कृषि बजारको अ व्यवस्थापनका साथ नियमित र दीर्घकालिन संचालनको निम्ति दमक नगरपालिकासँग सहकार्य गरिनेछ ।

८) ब्यबसायीक हित कोषलाई ब्यवसायीहरूको माग र समय सापेक्ष परिमार्जन गर्दै अझ सेवा सुविधा थप गर्दै लगिने छ ।

९) दमक उद्योग वाणिज्य संघका नविकृत सदस्य मृगौला पिडित भएमा मासिक रु 3000/- प्रदान गरिनेछ ।

१०) दमक उद्योग वाणिज्य संघका नविकृत सदस्य मुटुको दिदै विरामी भएमा मासिक रु 3000 प्रदान गरिने छ ।

११) दमक उद्योग वाणिज्य संघको सदस्य वा तोकेको एक व्याक्तिलाई दुर्घटना विमा गरिनेछ ।

१२) राष्ट्रिय तथा अन्तराष्ट्रिय उद्योग वाणिज्य संघहरूसंग भगिनी सम्बन्ध कायम गरी उद्योग व्यापार प्रवर्द्धन गरिने छ ।

१३) दमक बजार क्षेत्रमा रहेको अब्यवस्थित पार्किङ, लाई व्यवस्थित गराउनको निम्ति नगरपालिकासंग सहकार्य गरिने छ ।

१४) दमक उद्योग बाणिज्य संघ, दमक नगरपालिका र घरेलु तथा साना उद्योग कार्यालय, आन्तरिक राजश्व कार्यालय लगायतका कार्यालयहरूमा दर्ता नगरी संचालनमा आएका उद्योग, व्यापारलाई करको दायरामा ल्याउन सम्बन्धित निकाय संग सहकार्य गरिने छ । गैरकानूनी रूपमा संचालन गरिएका व्यापार र घुमन्ते व्यापारीहरूलाई नियन्त्रण गर्न । गराउन आवश्यक दबाब र पहल कदमी लिइनेछ ।

१५) “स्वच्छ दमक, सफा दमक” बनाउनलाई कुहिने र नकुहिने फोहोर अलग अलग राख्न डस्बिनको प्रयोग गर्न लगाई नियमित संकलन गर्न लगाईनेछ ।

१६) स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय उत्पादन र बस्तु प्रदर्शन गर्ने प्रदर्शनी स्थल निर्माणको निम्ति दमक नगरपालिका र व्यापार तथा निर्यात प्रवद्धन केन्द्र (TEPC) को आर्थिक एवं प्राविधिक सहयोगमा प्रदेश स्तरको स्थायी प्रदर्शनी स्थल निर्माण गराइने छ ।

१७) व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्र (TEPC) सँगको प्राविधिक र आर्थिक सहयोगमा विभिन्न हस्तकलाका सामाग्री निर्माण सम्बन्धि तालिम उपलब्ध गराई हाम्रो कार्यकालमा कम्तिमा १५ जना महिलालाई उद्यमी बनाइने छ ।

१८) इलम प्रशिक्षण केन्द्रको जग्गामा अतिथि सदन निर्माण गरी सञ्चालन गरीनेछ ।

१६) दमक उद्योग वाणिज्य संघमा दर्ता भई नविकरण नभएका फर्महरूलाई १ वर्षको नविकरण शुल्क लिई नियमितगरिनेछ ।

२०) दमक उद्योग वाणिज्य संघमा १० वर्ष नियमित नविकरण भएका फर्महरूको नविकरण शुल्कमा ५०% छुट दिइनेछ ।

२१) दमक उद्योग वाणिज्य संघमा ५ वर्ष नियमित नविकरण भएका फर्महरूको नविकरण शुल्कमा २५% छुट दिइनेछ ।

२२) शारीरिक रूपमा अपाङ्गता भएका उद्यमी व्यवासायी संघको सदस्य बन्न आएमा दर्ता शुल्कमा १००% र नविकरणशुल्कमा ७५% छुट दिइनेछ ।

२३) महिलाको नाममा सञ्चालनमा रहेको फर्म दमक उद्योग वाणिज्य संघमा दर्ता गर्न आएमा दर्ता शुल्कमा ५०% रनविकरण शुल्कमा ५०% छुट दिइनेछ ।

२४) दमक उद्योग वाणिज्य संघ आबद्ध महिला उद्यमी सुत्केरी भएमा पोषण खानाको लागि रु १०,०००/- प्रदान गरिनेछ

२५) बन्दमुक्त हडताल मुक्त दमक बनाइनेछ । २६) पसल र गोदामको बीमा नगरी सञ्चालन गरेका व्यवसायीहरूको सामुहिक बिमा गराइनेछ ।

२७) मुख्य बजार चौकमा चौकिदारको व्यवस्था गरिनेछ ।

२८) आपतकालिन अवस्थाको व्यवस्थापनको निम्ति मुख्य र भित्री बजार क्षेत्रमा खानेपानीसग समन्वय गरी पानिको गरिनेछ ।

२८) घरेलु तथा वाणिज्य कार्यालय दमकमा ल्याउन पहल गरिनेछ ।

30) EXIM Code बनाउन र नविकरण गर्न दमक उद्योग वाणिज्य संघबाट सहजीकरण गरिनेछ।

प्रतिवद्धता पत्र सार्वजनिक कार्यक्रममा बोल्दै दमकका व्यापारी राम अधिकारी, तीर्थ राज बस्नेत,  राजेन्द्र ढकाल , गणेश बस्नेत, प्रकाश अधिकारी लगायतले व्यापारी र दमक उद्योग वाणिज्य संघकाे हितका लागि सक्षम उम्मेदवार बिमल खतिवडा भएकाेले सम्पर्ण टिमलाई  नै अमुल्य मत दिई बिजयी गराई दिन  संघका  सदस्यलाई  आग्रह  समेत गरेका छन् ।

 

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here