घरमा पहिलो पटक बिजुली बात्ति बले पछि खुशिले दङ्ग झापाका बिपन्न परिवार

0
261

डुडामारी । देशको कुना कन्दरामा बिजुली बात्तिको पहुच पुगि सकेको आस्थामा पनि देसकै सुगम जिल्लाको कुनै गाउमा पहिलो पटक बात्ती जडान गरिएको भन्दा अचम्म लाग्न सक्छ तर सत्य यहि हो । यो खबर हो झापा सिवासताक्षी ७ फाक्तेपका ३ बिपन्न परिवारको घरमा पहिलो पटक बिजुलि बत्तीको पहुच पुगेको छ ।

सडक सन्जालले नछोएको उक्त तीन घरमा अहिले सम्म टुकि बत्तीको सहारामा रात बित्ने गरेको थियो । बालसेवा आधारभुत बिध्यालय देखि करिब ५ सय मिटर पुर्ब खेतबारीको बिचमा याम सेर्मा,आइत सेर्मा र बुधबल सेर्माको घरमा पहिलो पटक बिजुली बत्ती बालिएको हो ।स्थानिय सन्चारकर्मी गोबिन ल्वागुनको पहलमा स्थानिय सेर्मा युवाहरुसङ सम्न्वय र आर्थिक सन्कलन गरि बत्ती जडान गरिएको हो । विभिन्न राजनितिक दलका नेता,कर्यकर्ता हरुलाइ पटक पटक हारगुहार गरियो तर कसैले कान ठाडो लगाएनन ,बिधुत प्रधिकरणले पनि सडक सन्जाल नभएको कारण देखाउदै पोल र तार बिस्तार गर्न सकेन , कालो तार मात्र भए पनि घर सम्म पुराइ दिने कसैले हिम्मत गरेन ।

आखिर ढिलो गरेर भए पनि सेर्मा युवा हरुले आफै करिब १५ हजार आर्थिक जोहो गरेर ३घरमा बत्ती बलिदिएका हुन । उनिहरुले ५ सय मिटर कालो तार, सहित ३ घरमा ओपेन वयरिङ र आवस्यक समाग्री दिएका हुन ।यसरी सहयोग गर्नेमा क्रमश महेन्द्र,भुवानी,मिलन,दिपक,मानबहदुर,ठाकुरसिङ ,कालीबहादुर र सन्त सेर्मा रहेका छ्न । यसरी घरमा पहिलो पटक  बत्ती बले पछि तिनै घरका परिवार खुशिले दङ्ग परेका थिए । घरमा मोबाइल भए पनि चार्ज गर्न दिनहु अरुको घरमा लानु पर्दथियो अबो यो समस्य हट्ने भयो भन्दै याम सेर्माले बताए ।

त्यसै गरि बुद्द्बल सेर्माको जेठा छोरा हुकुम सेर्मा कक्षा १२मा लालझोडा स्थित भानु माबी मा अध्यान गर्दै आएका छ्न उनले घरमा बत्ती नभएकै कारण रातमा पढ्न नपाएको दुखेसो गरे रातमा पढ्नको लागि प्रयाप्त मट्टीतेल हुदैन थियो । दिनमा पनि मेलापात जेन तेन दिनमा समय निकालेर पड्ने गर्दथिए ,अबो रातमा पनि उज्यालो भयो मज्जाले पढ्न पाउने भए भन्दै खुशी व्यक्त गरे । यी तिनै घरका छोरा छोरी स्थानिय बालसेवा आबि र भनु माबी मा अध्यानरत रहेका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here