रा र माबीको प्रअ नियुत्ति बिबाद उत्कर्षमा , नेबि संघद्धारा नगरपालीका घेराउ तथा तोडफोड, एक हप्तामा समस्य समधान गर्ने नगर प्रमुखको उद्योष

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले राष्ट्रिय रमणीय आर्दश माध्यमिक विद्यालयको प्रधानाध्यापक विवादलाई अतिरञ्जित गरी राजनैतिक आडमा एकलौटी निर्णय गरेको भन्दै नेपाली काँग्रेस निकट नेबि संघले आज पालीकाको कार्यलयमा नाराबाजी गर्दै आन्दोलान र तोडफोड गरेको छ ।
आन्दोलनरत नेबि संघका पदाधिकारी तथा नेपाली काँग्रेसका कार्यकर्ताहरुले नगर पालीकाको गेट भत्काउनुका साथै गमलाहरु तोडफोड गरेका हुन । पालीकामा आन्दोल हुने जानकारी पाएपछि नगरपालीकाले नेपाल प्रहरीलाई तैनाथ राखेको थियो । प्रहरीले गेटबाट प्रबेश गर्न नदिए पछि पालीकाको माथील्लोपटीको गेट लडाएर भित्र प्रबेश गरेका हुन ।
नेबि संघका प्रतिनिधि र नगरपालीका बिच केहि समय बार्ता भए पछि उक्त बिषयलाई गम्बिर रुपमा नगरले लिएको र एक हप्ता भित्रमा सम्पुर्ण सरोकारवालाहरु संग छलफल गरि समधान गर्ने नगर प्रमुख मेघाहाङ थोप्राले लिखित सहमतिपत्र मार्फत जानकारी गराए ।
माध्यमिक तह द्वितीय श्रेणीका वरिष्ठतम् शिक्षक श्री लालमणि सुवेदीलाई निमित्त प्रधानाध्यापक नियुक्त गरी बैंक खाता सञ्चालनका लागि हस्ताक्षर प्रमाणितसहित सिफारिस गरिदिन अुनरोध गरी शिवसताक्षी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, शिक्षा शाखामा विद्यालयको पत्रसहित पेश गरेपश्चात शिक्षा शाखाका प्रमुख छबिलाल ढकालले सिफारिस दिन बेमञ्जुर गर्दै विद्यालय व्यवस्थापन समितिको अधिकारमाथि ठाडो राजनैतिक हस्तक्षेप गरेको भन्दै आज आन्दोलान सहित नाराबाजी गदै नगर प्रमुख र शिक्षा शाखा प्रमुखको नेबि संघले बिरोध गरेको हो ।
मिति २०७९।०९।२१ गते बसेको शिवसताक्षी नगरपालिका बोर्ड बैठकले शिक्षा शाखा प्रमुखको गलत कदमलाई सच्याउनुको बदलामा अझै प्रमाणीकरण गरिदिएर विद्यालयको बैंक खाता नै नगरपालिकाको कर्मचारीबाट सञ्चालन गर्ने गरी शिक्षा ऐन, शिक्षा नियमावली र स्थानीय ऐनको धज्जी उडाउने गरी निर्णय गरेको प्रति पेचिलो र गम्भीर बन्दै गइरहेको भन्दै आइतबार नेपाली काँग्रेस पार्टीले ठहर गरेको ध्यानाकर्षण पत्र नगरपालीकामा बुझाएको थियो ।
“राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय, शिवसताक्षी–११, दूधे झापाका प्रधानाध्यापक श्री कालीप्रसाद रिजालको मिति २०७९।०८।१४ गतेदेखि अनिवार्य अवकास भएपश्चात विद्यालय व्यवस्थापन समितिले शिक्षा नियमावली २०५९ (संशोधन सहित) को नियम ९३ (१२) बमोजिम विद्यालयमा कार्यरत माध्यमिक तह द्वितीय श्रेणीका वरिष्ठतम् शिक्षक श्री लालमणि सुवेदीलाई निमित्त प्रधानाध्यापक नियुक्त गरी बैंक खाता सञ्चालनका लागि हस्ताक्षर प्रमाणितसहित सिफारिस गरिदिन अनुरोध गरी शिवसताक्षी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, शिक्षा शाखामा विद्यालयको पत्रसहित पेश गरेपश्चात शिक्षा शाखाका प्रमुख छबिलाल ढकालले सिफारिस दिन बेमञ्जुर गर्दै विद्यालय व्यवस्थापन समितिको अधिकारमाथि ठाडो राजनैतिक हस्तक्षेप गरेको घटना देखि नै नेपाली काँग्रेस पार्टीको गम्भीर ध्यानाकर्षण भएको हो । मिति २०७९।०९।२१ गते बसेको शिवसताक्षी नगरपालिका बोर्ड बैठकले शिक्षा शाखा प्रमुखको गलत कदमलाई सच्याउनुको बदलामा अझै प्रमाणीकरण गरिदिएर विद्यालयको बैंक खाता नै नगरपालिकाको कर्मचारीबाट सञ्चालन गर्ने गरी शिक्षा ऐन, शिक्षा नियमावली र स्थानीय ऐनको धज्जी उडाउने गरी निर्णय गरेको घटना अझै पेचिलो र गम्भीर बन्दै गइरहेको हामीले पाएका छौं ।
विद्यालयका प्रधानाध्यापकलाई आर्थिक कारोबार गर्न बन्देज लगाउँदै अर्कै कार्यालयको कर्मचारीबाट विद्यालयको खाता सञ्चालन गराई विद्यालयलाई उपनिवेश बनाउने निर्णय गर्न हुन्न भनेर नियम कानूनका विज्ञ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतज्यूले नगरपालिका बोर्ड बैठकलाई सचेत गराउन नसक्नु अझै चिन्ताको विषय बनेको छ ।
शिवसताक्षी नगरपालिका अन्तरगत ३५ ओटा सामुदायिक विद्यालयहरु मध्ये ३४ ओटा विद्यालयमा शिक्षा नियमावलीको ९३ (१२) बमोजिमका प्रअ हुनुपर्ने र एउटा विद्यालयमा मात्र नियमावलीको ९३ (३) आकर्षण किन हुनुपर्ने हो? यसको निष्पक्ष र कानूनी जवाफ दिनका लागि तयार रहनसमेत नगर कार्यपालिका बोर्डलाई सचेत गराउन चाहन्छौं । नेपाल शिक्षक महासंघ, नेपाल शिक्षक संघ, नेपाल विद्यार्थी संघ समेतले यस अघि नै ध्यानाकर्षण पत्र बुझाएर गलत कदमलाई तत्काल सच्याउनका लागि अनुरोध गर्दा पनि नगर कार्यपालिका जस्तो संस्थाले सच्याउन सकेन । अतः शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ (संशोधन सहित) को नियम ९३ (१२) बमोजिम विद्यालय व्यवस्थापन समितिले नियुक्ति गरेको निमित्त प्रधानाध्यापक श्री लालमणि सुवेदीको हस्ताक्षरबाट विद्यालयको बैंक खाता सञ्चालन गरी विद्यालयको दैनिक प्रशासनिक कार्य सहज ढंगबाट सञ्चालन गराउन त्यस नगर कार्यपालिकाको मिति २०७९।०९।२१ गतेको बोर्ड बैठकको निर्णयलाई सच्याई समस्याको निराकरण गरिदिन नेपाली काँग्रेस नगर कार्य समिति, शिवसताक्षीको तर्फबाट यस अघि नै जोडदार माग गरेको छ।


संघीय शिक्षा ऐन र नियमावलीसँग नबाझिने गरी नगर शिक्षा ऐन र नियमावली निर्माण गरी शिवसताक्षी नगरपालिकाका तमाम शैक्षिक अन्यौलता र बेथितिहरुलाई हटाउन र शैक्षिक सुशासन कायम गर्न समेत नगरपालिकाको ध्यानाकर्षण गराउँदै जिम्मेवार राजनीतिक दलको हैसियतले समस्याहरुको हल गर्ने कार्यमा नेपाली काँग्रेसको रचनात्मक र सकारात्मक सहयोग रहने नेपाली काँग्रेस नगर समितिले जनाएको छ । ं तर कानूनी राज्यको धज्जी उडाउँदै बहुमतको दम्भ देखाएर गैरकानूनी काम कारवाही र निर्णयहरु लागू गर्दै गएको खण्डमा त्यसको सशक्त प्रतिवाद गर्न कसैले छेक्न नसक्ने कुरा समेत नेपाली काँग्रेस नगर समितिले जनाएको छ ।
त्यस्तै नगरपालीकाले बिभिन्न बिकासे योजनामा समेत हस्तक्षेप गर्ने गरेको सरोकारवालाहरुले दुखेसो गरेका छन । ंनगरपालीकाको २०७९ ।८० को निति कार्यक्रम तथा बजेट २०७९को नगर बिकास आयोजनामा २० लाख सम्मको बिकास निर्माणको योजना उपभोक्ता साझेदारीमा गर्ने भनिको छ । तर नगरपालीकाका प्रमुखले ठाडो हस्तक्षेप गरि उक्त रकम बाराबारको योजना पनि टेन्डर प्रक्रियाबाट गर्नु पर्ने सरोकारवलाहरुले आरोप लगाएका छन ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्